समाचार
एउटा मोबाइल नम्बर र नागरिकताबाट एकपटक मात्रै लाइसेन्स फारम भर्न मिल्ने
काठमाडौं । अब सवारी चालक अनुमति पत्रका लागि एउटा मोबाइल नम्बर र नागरिकता नम्बरबाट एउटा मात्रै आवेदन फारम भर्न सकिने भएको छ । यातायात व्यवस्था विभागले फरक फरक मोबाइल नम्बर प्रयोग गरेर धेरै फारम भरेको पाइएपछि यस्तो नयाँ व्यवस्था गरेको हो । विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन...
वीरगञ्जमा पहिचान नखुलेको व्यक्तिको शव भेटियो
वीरगञ्ज । वीरगञ्जमा पहिचान खुल्न नसकेको एक व्यक्तिको शव भेटिएको छ । वीरगञ्ज–१६ स्थित माईधिया पोखरी नजिकै अन्दाजी ५४/५५ वर्ष उमेरका व्यक्ति मृत भेटिएका हुन् । साँझ ५ बजे प्रहरीलाई एक व्यक्ति मृत अवस्थामा छ भन्ने खबर आएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नेतृत्वको टोली...
हेटौंडाको होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जना पक्राउ
मकवानपुर । हेटौंडाको एक होटलमा बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एण्ड लजमा पर्सा बिरंगज महानगरपालिका वडा नं. १९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको...
भीमफेदी करागारमा कैदीको मृत्यु
मकवानपुर । भीमफेदी क्षेत्रीय कारागारमा लागूऔषध मुद्दामा कैदी जीवन बिताइरहेका एक कैदी बन्दीको मृत्यु भएको छ । २०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको हो । ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा—२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला...
आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, ११ बजेदेखि उडान सुरु हुने
काठमाडौं । वायु सेवा सन्चालक संघले बुधबारदेखि आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुले आज बिहान ११ बजेबाट आन्तरिक उडान नियमित हुने जानकारी दिएका छन् । बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ । यती...
टिपरको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको । पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा...
मकवानपुरमा मानव अधिकार उल्लंघन र ज्यादतीको घटना बढ्दो
मकवानपुर । बागमती प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हेटौँडामा ०७९ असार ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नेपालीले संविधानले...
भवन अभावका कारण काम गर्न सकिएन : हेटौंडा अस्पताल
मकवानपुर । भवन र दक्ष चिकित्सक अभावका कारण आफ्नो सेवालाई पूर्णरुपमा सञ्चालन गर्न कठिन भएको हेटौंडा अस्पतालले जनाएको छ । अस्पतालको सेवाको विषयलाई लिएर सर्वत्र विरोध हुन थालेपछि मंगलबार पत्रकार सम्मेलन गर्दै अस्पाल व्यवस्थापन समितिले भवन र चिकित्सक अभावका कारण हालको अवस्था सिर्जना भएको जनाएको छ । ‘हाम्रो अस्पताल...
मकवानपुरका भट्टराई एसिया डेभलपमेन्ट लिडरसिप अवार्डबाट सम्मानित
मकवानपुर । मलेसिया स्थित विश्वभर अनुसन्धान खोजमा कार्य गर्दै आएको रिसर्च अण्डर लिटरल एक्सेस नामक संस्थाले मकवानपुर हेटौंडाका सुरेन्द्र भट्टराइलाई अनतरराष्ट्रिय अवार्डसहित सम्मानित गरेको छ । भट्टराई एसिया डेभलपमेन्ट लिडरसिप अवार्ड २०२२ बाट सम्मानित भएका हुन् । विभिन्न ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालको तर्फबाट भट्टराई सम्मानित...
रुपचन्द्र विष्टको व्यवहार र आदर्शबाट धेरै कुरा अनुशरण गर्नु पर्छ : मन्त्री शशी श्रेष्ठ
मकवानपुर । रुपचन्द्र विष्ट स्मृति दिवसका अवसरमा मंगलबार थाहा नगरमा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले रुपचन्द्र विष्टको व्यवहार र आदर्शबाट अहिलेका पुस्ताले अनुसरण गर्नु पर्ने कुरा धेरै रहेको बताए । उनले थाहा नाम नै काफी भएको र सबैले रुपचन्द्रको आदर्शलाई सार्थक बनाउदै अघि...









