समाचार

राजमार्गमा लेन अनुशासन मिचिंदा घण्टौं जाम

काठमाडौं । न पहिरो खसेको छ, न मर्मतको काम चल्दैछ, तैपनि नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न भागमा गाडीहरु घण्टौं जाममा पर्ने गरेका छन् । आइतबार विहान सर्लाहीका विशाल देवकोटा चढेको बस ११ बजे मुग्लिन आइपुगेको थियो, तर, साँझ ७ बज्दा मलेखुसम्म मात्र आइपुग्यो । देवकोटाका अनुसार मलेखुदेखि काठमाडौंतर्फको सडकमा पनि उस्तै...

बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण, डीएसपी घाइते

रुपन्देही । रुपन्देहीको भैरहवास्थित प्रदेशस्तरीय बाल सुधार गृहमा प्रहरीमाथि आक्रमण भएको छ । बालगृहमा बस्ने किशोरहरुलाई स्थानान्तरण गर्ने तयारीको विरोधमा त्यहाँ रहेका १८ वर्ष मुनिका किशोरहरुले ताला लगाएर प्रहरीलाई भित्र छिर्न नदिई आक्रमण गरेका हुन् । आक्रमणबाट जिल्ला प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेल र बडिगार्ड टोपबहादुर रखाल घाइते भएका...

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा भाग लिन्छौंः रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन । सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् । लामिछानेका अनुसार दलको सभापति...

काठमाडौंमा शौचालय सार्वजनिक प्रयोग गर्न दिने यी हुन् ३५ संस्था

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने भएका छन् । सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सोमबार सम्झौता गरेको छ । बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता...

५३३ जनाको नक्कली लाइसेन्स बनाएको आरोपमा १७ जनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण...

इन्धनको मूल्यवृद्धि मलाई पनि असहज लागेको छः वाणिज्य सचिव

काठमाडौं । उद्योग वाणिज्य तथा अपूर्ति सचिव डा. गणेशप्रसाद पाण्डेले आइतबार गरिएको इन्धनको मूल्यवृद्धि आफैंलाई असहज लागेको बताएका छन् । इन्धनमा गरिएको मूल्यवृद्धिबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एवं नेपाल आयल निगमका अध्यक्ष समेत रहेका उनले यस्तो बताएका हुन् । ‘हिजो गरिएको इन्धनको मूल्य वृद्धि मलाई पनि...

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्नु भनेको संसद्को अपमान होः ज्ञवाली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् सांसद प्रदीप ज्ञवालीले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर संसद्को अपमान गरेको बताउनुभएको छ । अर्थ मन्त्री जनार्दन शर्माले संसदबाट पेट्रोलियम पद्धार्थको मूल्य समायोजन गर्ने वचन दिएको भए पनि त्यसलाई लत्याउँदै मूल्यवृद्धि गर्नुले संसद्को समेत अपमान भएको उपमहासचिव ज्ञवालीको तर्क थियो...

गाडी भाडा फेरि बढ्यो, कुन ठाउँको कति ? (दरसहित)

काठमाडौं । हिजो रातिबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पुनः बढाइएको छ । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा समायोजन गरेको हो । जसअनुसार यात्रुवाहक सवारीमा ५.३० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ६.९४ प्रतिशत र तराईमा...

‘इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेक्यो’

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा चरम मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गरिएको छ । पछिल्लो एक महिनामा मात्रै चारपटक मूल्यवृद्धि भएको छ । आइतबारको मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर रु १९९ बराबर पुगेको छ । बैठक सुरु भएलगत्तै नेकपा(एमाले)का सांसद पद्मा अर्यालले नागरिकको ढाड सेक्नेगरी...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै बुटवलमा प्रदर्शन

बुटवल । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा प्रदर्शन गरेको छ । बुटवल बहुमुखी क्याम्पस अगाडि सडकमा जम्मा भएका विद्यार्थीहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बालेर केहीबेर सवारी साधनलाई चल्न नदिएका हुन् । प्रदर्शनमा बोल्दै अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले...