समाचार

साउनदेखि थप ८ नाकाबाट तरकारी र फलफूलमा विषादी परीक्षण हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि नेपालका सबै अन्तर्राष्ट्रिय नाकाबाट तरकारी तथा फलफूलमा विषादी अवशेष जाँच गर्ने भएको छ । हाल ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ८ ठाउँका नाकामा कार्यान्वयन गर्ने गरी अन्तिम तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विषादी...

पर्यटन मन्त्री आलेमाथि छानविन हुनुपर्छः कानुन मन्त्री शर्मा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले संसदको चालु अधिवेशनमा धेरै वटा कानुन बनाइने बताए । उनले सहमती जुटेका कानुनहरु अगाडि बढाउने बताए । संसदमा अहिले...

काठमाडौंमा ‘हनी ट्रयाप’मा पार्ने गिरोह सक्रिय, ६ जना पक्राउ

काठमाडौं । युवतीहरुलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय...

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे गृह र कानुनमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द बन्दीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । नागरिकता र सक्रमणकालीन न्याय लगायतका विधेयक, संसदको चालु अधिवेशन लगायतका विषयमा छलफल गर्न दुई मन्त्री बालकोट पुगेका हुन् ।

४०० स्थानीय तहले दिएनन् बालविकास शिक्षकको न्यूनतम तलब

काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा सरकारले विद्यालयका प्रारम्भिक बालविकास सहजकर्तालाई न्यूनतम १५ हजार रुपैयाँ तलब दिने घोषणा गरेको थियो । बजेटमा संघीय सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार गरी पन्ध्र हजार दिने भनिएको थियो । तर अधिकांश पालिकाले बालविकास सहजकर्तालाई केन्द्र सरकारले दिने मासिक ८ हजार...

एसपीपीमा अब उप्रान्त नेपाल संलग्न नहुने जानकारी अमेरिकालाई दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा अब उप्रान्त नेपाल संलग्न नहुने भनी अमेरिकालाई स्पष्ट भन्न निर्देशन दिएको छ । शुक्रबार परराष्ट्रमन्त्री डा।नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यस्तो निर्देश गरेको हो । ‘अमेरिकी राज्य...

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

मकवानपुर । बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ । प्रदेशको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक वर्ष २०७९/८० को बुधबार बजेट प्रस्तुत गर्दै ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार गर्ने व्यवस्था मिलाइने उल्लेख गरेका छन्...

कर्मचारीमाथि बालेनको कडाइः सीसी क्यामरादेखि हाजिर जाँचसम्म

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह कर्मचारीहरुबाट हुनसक्ने अनियमिता र सेवाप्रवाह ढिलाइप्रति कडा रुपमा प्रस्तुत हुन थालेका छन् । काम छलेको, समय मै कार्यालय आए–नआएको लगायतका कुरामा मेयर बालेनले विशेष ध्यान दिन थालेको महानगरमा कार्यरत कर्मचारीहरुले बताएका छन् । महानगरका एक कर्मचारीका अनुसार बालेनले कर्मचारीमाथि छड्के जाँच गर्न...

पेट्रोल र डिजेलको खरिद लागत मूल्य २०० रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल आयल निगमलाई डिजेल र पेट्रोलमा उच्च वृद्धिसहितको इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको लागत लिटरमै २०९ रुपैयाँ २८ पैसा पुगेको छ भने डिजेलको लागत मूल्य २०२ रुपैयाँ १६ पैसा पुगेको छ । बढेर आएको...

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधान सेनापतिलाई बोलायो

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको हो । प्रधानसेनापति शर्माको...