समाचार

विनियोजन विधेयक पारित, २३ वटा खर्च कटौतीको प्रस्ताव अस्वीकृत

काठमाडौं । विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । त्यस्तै सांसदहरुले राखेको २३ वटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो । विनियोजन विधेयक...

चुनाव लड्न रवि लामिछानेले छाडे ग्यालेक्सी टीभी

काठमाडौँ । टेलिभिजन पत्रकार रवि लामिछानेले ग्यालेक्सी टीभी छाडेका छन् । आगामी प्रतिनिधि सभा चुनावमा स्वतन्त्र उम्मेदवार बन्ने तयारीमा रहेका लामिछानेले टीभी छाडेका हुन् । बिहीवार खादा लगाएर उनी टेलिभिजनबाट बिदा भएका छन् । आमजनताको सरोकारका विषय उठाउँदै आएका उनको ‘सिधा कुरा’ नामक कार्यक्रम चर्चित छ । टेलिभिजन छाड्नुअघि...

लायन्स क्लब हेल्प डेस्कको अध्यक्षमा ध्रुबराज ढकाल

मकवानपुर । लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्क को प्रथम साधारणसभा सम्पन्न भएको छ । बुधबार हेटौंडाको क्वीक २० होटलमा भएको भेलाले ध्रुबराज ढकालको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा राज सापकोटा, द्वितीय उपाध्यक्षमा रामेश्वर (ईमरान) दास, सचिबमा हरिहर खतिवडा र कोषाध्यक्षमा अच्युतम पौडेल निर्विरोध...

हेटौंडामा असार ११ बाट राष्ट्रपति रनिङ शिल्ड

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा असार ११ गतेबाट राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा आधुनिक राष्ट्रिय माविको आयोजनामा असार ११ र १२ गते प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ स्थित हुप्रचौरमा हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी खेल सञ्चालन...

राज्यमन्त्री वलीविरुद्ध जाहेरी, रिहा गर्न मुख्यमन्त्रीको दबाव

दाङ । आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका-५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालयका...

कानून विपरितको नियुक्ती बदर गर्न उच्च अदालतमा रिट निबेदन दर्ता

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर सतिस कुमार देवको नियुक्ती बदरको माग गर्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट निबेदन दर्ता भएको छ । राष्ट्रीय युवासंघका उपाध्यक्ष अनिल काफ्लेले दर्ता गर्नुभएको रिट निबेदनमा देबलाई कानून विपरित नियुक्ती गरिएको भन्दै उनको नियुक्ती उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग...

जग्गा धितो राखेर ऋण दिन बन्द, भूउपयोग नियमावली कारक

काठमाडौं । बैंक तथा वित्तीय संस्था र सहकारीहरुले जग्गा धितोरबन्धकमा राखेर ऋण दिन बन्द गरेका छन् । सरकारले गत २३ जेठमा जारी गरेको भू–उपयोग नियमावली–२०७९ले नियमावली अुनसार वर्गीकरण नभएका जग्गा धितोको रुपमा रोक्का राख्न छोडिएपछि ऋण दिन बन्द भएको हो । नियमावलीको व्यवस्था बमोजिम सम्बन्धित मालपोत कार्यालयहरुले वर्गीकरण नभएका...

मल आउनै बाँकी, झापामा रोपाइँ सुरु

झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले...

एसपीपी सम्झौताको मस्यौदाबारे संसदलाई जानकारी गराउन माग

काठमाडौं । प्रतिनिधि सभामा अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको मस्यौदाबारे सरकारले संसदलाई जानकारी गराउनुपर्ने माग उठेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका हुन् । ‘एमसीसी सम्झौता सैन्य मोर्चा...

तथ्यांक विभागको सर्वेक्षणः २७ प्रतिशत फोहोर नदीमा फालिन्छ

काठमाडौं । एक सर्वेक्षण अनुसार नेपालमा संकलित हुने फोहोरको २७ प्रतिशत फोहोर नदी किनारमा फाल्ने गरिएको पाइएको छ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तथ्यांक विभागमार्फत सन् २०२० मा २ सय ७१ वटा नगरपालिकामा गरेको आधार रेखा सर्वेक्षण अनुसार यस्तो देखिएको हो । संकलित फोहोरमैलाको आयतनको आधारमा कुहिने फोहोरको अंश...