समाचार
एमालेको चुनावी समीक्षाः देशको प्रमुख शक्तिका रुपमा स्थापित भयौं
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय निर्वाचनको परिणाम अपेक्षा अनुसार नभएको बताएको छ । तर जनमत तलमाथि नभएको भन्दै अहिले पनि देशको प्रमुख शक्तिका रुपमा स्थापित भएको उसको निष्कर्ष छ । सोमबार बसेको पार्टी सचिवालय समितिको बैठकले निर्वाचनको समीक्षा गर्दै कयौं ठाउँमा स्वस्थ, मर्यादित, स्वतन्त्र र निष्पक्ष रुपमा...
संसदीय समितिको निर्देशनः निजगढ विमानस्थलको निर्माण यथाशीघ्र सुरु गर
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यथाशीघ्र सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले गठन गरेको नागरिक उड्डयनसँग सम्बन्धित समस्याहरुको अध्ययन, अनुगमन र विश्लेषण गर्न गठन गरेको उपसमितिको प्रतिवेदनलाई सोमबार पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । सो प्रतिवेदनमा...
सरकारलाई भीम रावलको प्रश्न– हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?
काठमाडौं । एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उब्जाएका हुन् । १२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८...
सरकारलाई संसदको निर्देशनः किसानलाई मल दिन सम्भाव्य सबै उपाय लगाऊ
काठमाडौं । प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई यस्तो निर्देशन दिएको छ । ‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने...
चुरोटको निहुँमा भाइको खुकुरी प्रहार गरी हत्या
सुनसरी । भाइको हत्या गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर...
पावरफुल मन्त्रीकोमा गनेरै नसकिने योजना परेका छन्ः सांसद महत
काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले शहरी विकास मन्त्रालयका धेरैजसो योजना मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र पुगेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा उनले शहरी विकास मन्त्रालयको बजेट नेता र मन्त्री उन्मुख भएको टिप्पणी गरे । ‘हामीलाई असाध्यै हामीलाई हेपेर योजना बनाइएको छ । कहाँबाट कर्मचारीलाई...
चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले महँगियो
काठमाडौं । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा...
गोकोर्णेश्वरमा शौचालयमा लडेकी महिलाको मृत्यु
काठमाडौं । गोकर्णेश्वर नगरपालिका एक जना महिलाको शौचालयमा लडेर मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर ४ स्थित जग्गा भाडामा लिई टहरा बनाएर बस्दै आएकी रामेछाम उमाकुन्ड गाउँपालिका–५ कि ४९ वर्षीय सुशीला खड्काको मृत्यु भएको हो । खड्का शनिबार राति साढे ८ बजे टहरोमै रहेको शौचालयमा लडेर बेहोस भएकी थिइन्...
व्यवस्थापन गतिलो नहुँदा देश विकास भएनः बिजुक्छे
भक्तपुर । ख्वप कलेजमा आइतबारदेखि आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका छन् । उनले व्यवस्थापन गतिलो नहुँंदा देशको विकासले गति लिन नसकेको बताए । मोहियानी हक नदिइ कमैयाँ मुक्त गर्दा कमैयाहरूले खान नपाई...
महोत्तरीमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट
जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले...










