समाचार

आजबाट काठमाडौंको फोहोर उठने, मध्यराति जुट्यो १८ बुँदे सहमति

काठमाडौं । दुई सातादेखि थुप्रिएको काठमाडौंको फोहोर उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोल–बन्चरेडाँडाका प्रतिनिधिबीच शुक्रबार बिहान १ बजे सकिएको वार्तामा उपत्यकाको फोहर व्यवस्थापनमा सहमति जुटेको हो । ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधि, स्थानीय र काठमाडौं महानगरपालिकाबीच भएको १८ बुँदे सहमतिअनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ...

जन्मदिनको अवसरमा धिमालले लिए २ विद्यार्थीको अभिभावकत्व

मकवानपुर । समाजसेवी तथा युवा व्यवसायी धर्मराज धिमालले आफ्नो जन्मदिनको अवसरमा दुई जना विद्यार्थीको अभिभावकत्व लिएका छन् । अटोमोबाइल्स एसोसिएसन मकवानपुरका उपाध्यक्षसमेत रहेका हेटौंडा– ९ निवासी धिमालले आज आफ्नो जन्मदिनको अवसर पारेर त्रिवेणी आधारभूत माविमा अध्ययनरत गरीब तथा जेहेनदार दुई जना विद्यार्थीको अभिभावकत्व ग्रहन गरेका हुन् । युवाहरुलाई समाजको...

निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै काठमाडौंमा डेलिगेसन

बारा । बाराको निजगढमा दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्न माग गर्दै बारा निजगढका सरोकार व्यक्तिहरु डेलिगेसनका लागि काठमाडौै पुगेका छन्। सर्वोच्चको फैसलाका कारण निजगढमा विमानस्थल निमार्ण नहुने आशंका व्यक्त गदै उनीहरु विभिन्न मन्त्री र दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गरेका हुन । आज मात्रै उनीहरुले पर्यटन...

विभिन्न बाहानामा किसानको भुक्तानी रोक्दै क्षितिज सहकारी

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीको एक पछि अर्को अनियमितता बाहिर आएको छ । दूध जाँच गर्ने मेसिन बिगारेर किसान ठग्ने र ढुटो,चोकरमा अनियमितता गर्दै आएको सहकारीले फेरी अर्को बाहानामा किसान ठगीरहेको पाइएको हो । आफुले दुध विक्री गर्ने संस्थाबाट भुक्तानी...

फोहोरको विषयमा भोलि स्थानीय वासिन्दासँग वार्ता

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा शुक्रबार स्थानीय वासिन्दासँग छलफल हुने भएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तह, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका प्रतिनिधिसँगै स्थानीय वासिन्दा पनि छलफलमा सहभागी हुने शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीका प्रेस संयोजक विष्णु राईगाईंका स्थानीय...

माओवादीको मधेश विवादमा केन्द्रबाटै हस्तक्षेपको तयारी

काठमाडौं । लामो समयसम्म मधेश प्रदेशको विवाद समाधान नहुँदा स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले केन्द्रबाटै हस्तक्षेपको तयारी गरेको छ । गत २५ मंसिरमा सबै प्रदेशको एकसाथ सम्मेलन उद्घाटन भई अन्य सबै प्रदेशमा नयाँ नेतृत्व आउँदा समेत मधेश प्रदेशमा भने समिति नै बन्न सकेको छैन...

मन्त्रीको कार्यकक्षमा जसपा सांसदको टेबल ठोकाठोक

काठमाडौं । स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र जनता समाजवादी पार्टीका सांसद रामबाबु यादवबीच चर्काचर्की भएको छ । यादव, जसपाका निलम्बित सांसद हरिनारायण रौनियारसहित पार्टीबाट मन्त्री बनेका श्रेष्ठलाई भेट्न मन्त्रालय पुगेका थिए । कुराकानीका क्रममा सांसद यादवले आफूले सिफारिस गरेका योजनाहरू बजेटमा नपरेको भन्दै टेबल ठोक्नुका साथै...

१४ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । बुधबार रातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । बुधबार राति परेको पानीले पहिरो आएपछि सडक अवरुद्ध हुँदा सयौं सवारी साधन बाटोमै अलपत्र परेका थिए । सडक साढे १ बजेदेखि सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरू हरेक...

राक्सिराङमा नवनिर्वाचित जनप्रतिनिधिको पहिलो बैठक, यस्ता छन् निर्णय

मकवानपुर । दोस्रो कार्यकालको लागि निर्वाचित भएर आएसँगै मकवानपुरको राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध गर्नेदेखि राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन पहल गर्नेसम्मको...

दैनिक तीन सयलाई सेवा दिँदै हेटौंडा आँखा अस्पताल

मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले दैनिक रूपमा औसत तीन सय बिरामीलाई सेवा दिइरहेको छ । बुधबार अस्पतालले मकवानपुरका सम्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्दै अस्पतालले दैनिक तीन सय बिरामीलाई सेवा दिने गरेको जानकारी दिएको हो । जसमध्ये अधिकांश ५० वर्ष नाघेको बिरामी र १० देखि १२ जना बालबालिका आउने गरेको...