विभिन्न बाहानामा किसानको भुक्तानी रोक्दै क्षितिज सहकारी
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारीको एक पछि अर्को अनियमितता बाहिर आएको छ ।
दूध जाँच गर्ने मेसिन बिगारेर किसान ठग्ने र ढुटो,चोकरमा अनियमितता गर्दै आएको सहकारीले फेरी अर्को बाहानामा किसान ठगीरहेको पाइएको हो ।
आफुले दुध विक्री गर्ने संस्थाबाट भुक्तानी नआएको बाहाना गर्दै क्षितिज सहकारीले किसानलाई दुधको रकम दिन ढिला गरेको पाइएको छ ।
नियम बमोजिम १५ दिनमै आफ्नो दुधको रकम पाउनु पर्ने किसानलाई सहकारीको लापारबाहिका कारण विगत ३ महिना देखि भुक्तानी पाउँन सकेका छैनन् । सहकारीको चकरी दुग्ध संकलन केन्द्र र मकरी दुग्ध संकलन केन्द्रमा दुध विक्री गर्ने करीव ३ सय जना किसानले भुक्तानी नपाएको स्थानीय किसानको भनाई छ ।
दुध विक्रि बापतको रकम नपाएको भनि किसानहरुले सहकारीमा पटकपटक ताकेता गरेपनि सञ्चालक समितिले भने अनेकन बाहाना बनाई सोझा किसानहरुलाई दुःख दिने गरेको किसानहरुको भनाई छ ।
किसानले सहकारीको अनियमितताको बारेमा पटकपटक झक्झकाउने गरेपनि संचालक समितिले कुनैपनि चासो नदिएको किसानहरुको गुनासो छ ।
सहकारीले दुध विक्रि गर्ने हेटौंडा १२ मा रहेको जनसेवा दुग्ध उत्पादक सहकारीले नै भुक्तानी दिन ढिलाई गरेको कारण किसानको पैसा दिन समस्या भएको सहकारीका अध्यक्ष देवराज भण्डारी बताए ।







