समाचार
मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । बुधबार जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको हो । बागमती–१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको...
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै अन्दाजी २५ वर्षको पोथी गैँडा मृत फेला परेको छ । सो...
सीसीटीभी फुटेज मेटाउनेलाई हुन सक्छ ४ वर्ष कैद
काठमाडौँ । बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्री जनार्दन शर्माले करका दर हेरफेर गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गरिएको शंका उब्जिएको छ । उपभोक्ता हित संरक्षण मञ्चका सचिव जयप्रसाद पौडेलले सूचनाको हकअन्तर्गत असार १४ मा निवेदन लेख्दै २०७८ भदौ २४ गते...
‘जीवन उपयोगी शिक्षाको रुपमा गणित विषयलाई लिनुपर्छ’
मकवानपुर । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरका अध्यक्ष विनोद सुवेदीले गणित विषयलाई जीवन उपयोगी शिक्षाको रुपमा लिनुपर्नेमा जोड दिएका छन् । मङ्गलबार नवोदय गणित समूहले आयोजना गरेको ‘म्याथ क्याम्प फायर’ कार्यक्रममा अध्यक्ष सुवेदीले हरेक क्षेत्रमा प्रयोग हुने गणितलाई बढी सरल, प्रायोगिक, सिर्जनात्मक बनाउनु र प्रत्येक पाइलामा...
हेटौंडाको नीति तथा कार्यक्रम र अर्थ विधेयक सर्वसम्मतले पारित
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट अर्थ बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ सर्बसम्मत पारित भएको छ । आज बसेको नगरपालिकाको एघारौं अधिशेसनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ बिधेयक २०७९ र बिनियोजन बिधेयक २०७९ सर्बसम्मत पारित गरेको हो...
सूचना माग्नेलाई अर्थ मन्त्रालयको जवाफ : बजेटका बेलाको सीसीटीभी फुटेज डिलिट भयो (पत्रसहित)
काठमाडौँ । अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन (जेठ १४) गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको आरोप लागेका बेला मन्त्रालयले सीसीटीभी फुटेज मेटिएको भन्दै पन्छिएको छ । उपभोक्ता...
चकरीको जङ्गलमा एक वृद्ध मृत अवस्थामा फेला
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा एक वृद्ध मृत अवस्थामा फेला परेको छ । शनिवार देखि बेपत्ता रहेका मनहरी १ चकरी बस्ने ६५ बर्षिया मानबहादुर घलान नजिकै रहेको जङ्गलमा आज साझ मृत अवस्थामा फेला परेका हुन् । घरबाट बेपत्ता भएसँगै आफन्तले खोजी गर्ने क्रममा मनहरी...
मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाईते
मकवानपुर। मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् । धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अन्दाजी १६...
३० कात्तिकमै चुनाव गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ । कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको आयोगका एक पदाधिकारीले बताए । ‘हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई...
शिवम् सिमेन्ट्का सञ्चालक अमिर मोरले दिए राजिनामा
मकवानपुर । शिवम् सिमेन्ट् लिमिटेडका सञ्चालक समितिका सदस्य अमिर मोरले राजिनामा दिएका छन् । असार १७ गते बसेको सञ्चालक समितिको बैठकले मोरले दिएको राजिनामा स्वीकृत गरेको हो । उक्त कुराको जानकारी कम्पनीले नेप्से मार्फत दिएको छ ।










