मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाईते

अखबार हब
२०७९ असार १९, आईतवार २०:५३

मकवानपुर। मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।

धरान चतरा सडक मार्ग अन्तर्गत बागमती ७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी १६ वर्षीया सलिना राई रहेकी छन् । दुर्घटनामा ६ जना गम्भीर घाईते भएको उनिहरुलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।

बागमती गाउँपालिका–९ बेतिनीबाट सिन्धुलीतर्फ जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*