मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ ।
बुधबार जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ४ पाँचपाण्डवमा गुडिरहेको मोटरसाईकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको हो ।
बागमती–१ करौंजेबाट झुरझुरेतर्फ जाँदै गरेको बा ६० प ९४९१ नंबरको मोटरसाईकलको पछाडी सवार स्थानीय २२ वर्षीय दिब्यप्रकाश राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।
यसैगरि,मोटरसाईकलका चालक भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।







