समाचार

कैलाश ९ का वडा अध्यक्ष घलान विरुद्ध पक्राउ पुर्जी जारी

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवनसिं घलान विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कैलाश–९ को कालिका माविकी १४ वर्षीया छात्रा विद्यार्थीले गएको वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर...

फलोअप : हेटौंडामा पक्राउ परेका मुक्तिनाथ काठमाडौं पठाईयो

मकवानपुर । लेनदेनको मुद्धामा हेटौंडाबाट पक्राउ परेका मुक्तिनाथ पण्डितलाई काठमाडौं जिल्ला अदालत बबरमहल पठाइएको छ । सोमबार पण्डितलाई जिल्ला अदालत काठमाडौं पठाइएको हो । लेनदेनको मुद्धामा काठमाडौं जिल्ला अदालतले २०७६ बैशाख १६ गते उनलाई २ वर्ष कैद सजाय र २४ लाख बिगो भराउन आदेश दिएको थियो । फरार पण्डितले...

मधेश प्रदेशको कृषि : १२ चुनौती, आठ सम्भावना

काठमाडौँ । मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल छुट दिने निर्णय पनि गरेको छ । कार्यान्वयन पनि भइरहेको छ । यतिबेला मौसम पनि खेतीपातीकै छ । अन्न भण्डारको रुपमा रहेको मधेश...

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे चिनियाँ नेता लिउ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार उनीहरुबीच संवाद जारी छ । लिउ आइतबार बिहान चार दिने भ्रमणमा नेपाल आएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका...

भरतपुर अस्पताल : २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा…

चितवन । चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४...

मुस्लिम समुदायले यसरी मनाउँदै छन् बकर इद (फोटो फिचर)

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) । देशभरका मस्जिदमा हर्षोल्लास पूर्वक यो पर्व मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । आज मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज...

बकर ईदले राष्ट्रिय एकता मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने बताएका छन् । शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका...

सरकारी गाडी दुरुपयोग गरी स्वीमिङ पुलमा मस्त विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी

मकवानपुर । हेटौंडामा दिनभर विजुली लाइन काटियो । सूचना निकालेरै मर्मतको काम गर्न विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयले आज बिहान ८ बजेदेखि ३ बजेसम्म हेटौंडा क्षेत्रमा लाइन अवरुद्ध रहने भन्ने जानकारी गरायो । लाइन काटिएसँगै असारको गर्मीमा हेटौंडाबासी पसिना बगाएर बस्न बाध्य भए । तर, विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय...

मध्यरातमा अज्ञान समूहले बैंकको ढोका फुटाएपछि…

विराटनगर । शुक्रबार राति मोरङको जहदास्थित माछापुच्छ्रे बैंकको शाखाका सुरक्षा गार्ड बैंकमै सुतिरहेका थिए । राति करिब साढे २ बजेबाट डाङडाङ डुङडुङको आवाजले उनी व्यूँझिए । ब्यूँझदा एउटा अपरिचित समूह बैंकको पछाडि पट्टीको दुई वटा ढोका फुटाएर भित्र पस्दैथियो । मध्यरातमा अज्ञात समूह बैंकमा प्रवेश गरेपछि उनी आत्तिए ।...

जापानी पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधनमा राष्ट्रिय शोक मनाउने भएको छ । गोली प्रहारबाट शुक्रवार निधन भएका जापानी पूर्वप्रधानमन्त्री आवेको निधनमा शनिवार राष्ट्रिय शोक मनाउने निर्णय शुक्रवारको मन्त्रिपरिषद् बैठकले गरेको हो । सरकारले घटना निन्दनीय भएको भन्दै भर्त्सना पनि गरेको छ । नेपालका तर्फबाट उनको निधनप्रति दुःख...