समाचार
हेटौंडाको हुप्रचौरबाट लागुऔषध सहित प्रबिन पक्राउ
मकवानपुर। हेटौंडा उपमाहानगरपालिका वडा नं. ४ हुप्रचौर बाट मकवानपुर प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–४ का प्रबिन सुनार रहेको प्रहरीले जनाएको छ । बिहिबार साँझ शंकास्पद अवस्थामा बसिरहेका सुनारलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध डाईजेपाम ४ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय...
तीन वर्ष देखि फरार रहेका मुक्तिनाथ हेटौंडाबाट पक्राउ
मकवानपुर । विगत ३ वर्ष देखि फरार रहेका मुक्तिनाथ पण्डित हेटौंडाबाट पक्राउ परेका छन् । लेनदेनको मुद्धामा काठमाडौं जिल्ला अदालतले २०७६ बैशाख १६ गते उनलाई २ वर्ष कैद सजाय र २४ लाख बिगो भराउन आदेश दिएको थियो । फरार पण्डितले मनमैजु नगरपालिका वडा नं. ७ बस्ने कृष्ण महर्जनलाई ठगि...
बलात्कार प्रयास प्रकरणः पीडित बालिकाले दिइन् वडाध्यक्ष घलानविरुद्ध जाहेरी
मकवानपुर । मकवानपुरको विकट कैलाश गाउँपालिकाबाट राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौँडा आएकी एक छात्राले आफूमाथि बलात्कार प्रयास भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी छन् । जाहेरीमा कैलाश–९ का वडाध्यक्ष भुवन सिं घलानमाथि आरोप लगाइएको छ । पीडित बालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा शुक्रबार जाहेरी दिए पनि हालसम्म प्रहरीले दर्ता...
बर्खायाममा पानी माग्दै भ्यागुताको बिहे !
बर्दिया । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को मिर्चैया गाउँका स्थानीयवासीले बर्खायाममा पनि पानी नपरेर खडेरी भएपछि भ्यागुताको बिहे गरिदिएका छन् । असार महिना सकिन लाग्दा पनि आकाशबाट पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीय किसान भेला भइ गाउँमा पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् । बर्खा...
हेटौंडा–काठमाडौं सुरुङमार्ग योजना डेढ करोड खर्च गरेर खारेज, अर्को तीन वटाको अध्ययनका लागि एक करोड विनियोजन
मकवानपुर । बागमती प्रदेश सरकारले डेढ करोड सकाएपछि हेटौँडा–काठमाडौं सुरुङमार्ग योजना खारेज गरेर फेरि नयाँ सुरुङमार्ग अध्ययनका लागि एक करोड विनियोजन गरेको छ । गौरवको आयोजनाका रूपमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले ४४ महिनासम्म अघि बढाएको सुरुङमार्ग स्थगित गर्दै अहिलेको गठबन्धन सरकारले नयाँ तीन सुरुङमार्ग अध्ययनका लागि बजेट छुट्याएको हो । एमालेका...
मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ...
भर्ना शुल्क नतिरेको भन्दै सुर्खेतमा २५ विद्यार्थी कक्षाबाटै निकालिए
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मंगलगढी चोकमा रहेको आदर्शराज सेकेन्डरी स्कुलले कक्षा १२ का २५ जना नियमित विद्यार्थीलाई निकालेको छ । समयमै भर्ना शुल्क नबुझाएको आरोप लगाउँदै उनीहरूलाई आज बिहानबाट पठनपाठनमै रोक लगाइएको हो । व्यवस्थापन संकायअन्तर्गत कक्षा ११ बाट पास भएर ४५ विद्यार्थी कक्षा १२ मा अध्ययनरत् थिए ।...
राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौँडा आएकी छात्रामाथि बलात्कार प्रयास, वडाध्यक्षमाथि आरोप
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाबाट राष्ट्रिपति रनिङ शिल्ड खेल्न हेटौँडा आएकी एक छात्रामाथि बलात्कार प्रयास भएको छ । हेटौँडामा १८–१९ असारमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन कैलाश गाउँपालिका–९, नामटारको कालिका माविबाट प्रतिनिधित्व गर्दै आएकी करिब १७ वर्षीया विद्यार्थीमाथि वडाध्यक्षले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको हो...
संसदको काम कानून निमार्ण गर्ने हो : सभामुख श्रेष्ठ
मकवापुर । बागमती प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले संसदहरु आफ्नो क्षेत्रमा कसरी धेरै बजेट पार्न सकिन्छ भनेर लागि परेको बताएका छन् । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजनामा हेटौंडामा सञ्चालन भएको पाँच दिने नमुना प्रदेश युवा सभा अभ्यास कार्यक्रमको आज समापन कार्यक्रमा बोल्दै सभामुख श्रेष्ठले संसदको काम भनेको...
चितवनमा चट्याङ लागेर १४ रोपाहार घाइते
चितवन । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको...










