हेटौंडाको हुप्रचौरबाट लागुऔषध सहित प्रबिन पक्राउ
मकवानपुर। हेटौंडा उपमाहानगरपालिका वडा नं. ४ हुप्रचौर बाट मकवानपुर प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–४ का प्रबिन सुनार रहेको प्रहरीले जनाएको छ ।
बिहिबार साँझ शंकास्पद अवस्थामा बसिरहेका सुनारलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लागुऔषध डाईजेपाम ४ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







