समाचार
प्रतिस्पर्धा बिनै घरेलु कार्यालय मकवानपुरले किन्यो २६ लाखको सामान
मकवानपुर। घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरसहित विभिन्न जिल्लाका घरेलु कार्यालयहरुले बिना प्रतिस्पर्धा समान खरिद गरिएको पाइएको छ । २० लाख रुपैयाँ भन्दा माथी रकमको सामान खरिद गर्दा बोलपत्रको माध्यमले सामान खरिद गर्नुपर्ने भएपनि आर्थिक वर्ष २०७७।०७८ मा प्रतिस्पर्धा बिना सामान खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ...
प्रधानमन्त्री देउवा आज हेटौँडा आउँदै
मकवानपुर । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आज ( शुक्रवार) बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् । देउवा नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेसनको उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् । उद्घाटन कार्यक्रममा देउवासंगै कांग्रेस उपसभापतिद्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा,...
बनकरीया होमस्टे प्रकरण : स्थानीय अगुवा र जनप्रतिनिधिको मिलेमतोमा आर्थिक चलखेल
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माणका लागि पटक पटक गरी छुट्टाईएको ८ लाख रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ मा वडा नम्बर ४ स्थित बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो...
बागमतीले कसैलाई काखा र कसैलाई पाखा गर्यो, प्रकिया गलत छः ग्यालन
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाका निर्वतमान कृषि शाखा प्रमुख अशोक ग्यालनले गाउँपालिकाले करारका कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा गरेर भेदभाव गरेको बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले हालै गाउँपालिकाले करारका कर्मचारीहरुलाई अधिकांशलाई करार सम्झौता नविकरण गरेको केहीलाई भने सम्झौता गर्न रोक लगाएका बताए । उनले...
बागमती प्रदेशको वन मन्त्रालयले २५ जना प्राबिधिक कर्मचारीलाई हटायो
मकवानपुर । बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गते देखि २५ जना प्राविधिक कर्मचारी हटाएको छ । प्रदेशका काठमाण्डौं उपत्यका भन्दा बाहेकका १० वटा जिल्लामा जडिबुटी तथा नर्सरी प्राबिधिकहरुलाई हटाएको हो । दश जिल्लाका डिभिजन वन कार्यालयमा कार्यरत जडिबुटी तथा नर्सरी प्राबिधिकहरुलाई चालु आर्थिक...
हेटौँडा क्याम्पसमा तोडफोड
मकवानपुर । हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थी माथि अनैतिक क्रियाकलाप भएको भन्दै क्याम्पसमा तोडफोड गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पस लगाएत अन्य क्याम्पसका विद्यार्थी संगठनहरुले विद्यार्थीमाथि दुब्र्यब्यहार भएको र दुब्र्यब्यहार गर्नेलाई कडा कारबाही गर्न माग गर्दै क्याम्पसमा तोडफोड गरेका हुन् ।...
बाल यौन दुर्व्यवहारका आरोपित वडाध्यक्ष घलान २४ हजार धरौटीमा रिहा
मकवानपुर । राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौँडा आएको बेला एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मकवानपुरबाट मंगलबार मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का आरोपित वडाध्यक्ष भुवन सिं घलान धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी...
मकवानपुरगढीमा कर छली गरेर नदीजन्य पदार्थ निकासी भइरहेको खुलासा
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा गठबन्धनबाट निर्वाचित जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा सामरी खोला दोहन भएको घटना एक महिना अगाडिको हो । असारदेखि खोला खन्न नपाउने भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको मकवानपुरगढीमा जेठ अन्तिममा करिब आधा दर्जन एक्साभेटर खोलामा हुलेर हतारहतार नदीजन्य पदार्थ उत्खनन् भएको थियो ।...
मनहरीको बनकरीया होमस्टेको नाममा आर्थिक चलखेल
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माण लागी छुट्टाईएको रकमको दुरुपयोग भएको छ । मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ वडा नम्बर ४ मा बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य...
हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ
हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ । अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त...









