प्रतिस्पर्धा बिनै घरेलु कार्यालय मकवानपुरले किन्यो २६ लाखको सामान

अखबार हब
२०७९ श्रावण ६, शुक्रबार १०:३२

मकवानपुर। घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरसहित विभिन्न जिल्लाका घरेलु कार्यालयहरुले बिना प्रतिस्पर्धा समान खरिद गरिएको पाइएको छ ।

२० लाख रुपैयाँ भन्दा माथी रकमको सामान खरिद गर्दा बोलपत्रको माध्यमले सामान खरिद गर्नुपर्ने भएपनि आर्थिक वर्ष २०७७।०७८ मा प्रतिस्पर्धा बिना सामान खरिद गरेकोमा महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरले २६ लाख ७९ हजार रुपैयाँ लागतमा सामान खरिद गर्दा प्रतिस्पर्धा बिनानै खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको छ । यसैगरी घरेलु तथा साना उद्योग कार्यालय रामेछापले ५९ लाख रुपैयाँमा मेसीनरी तथा विभिन्न सामान खरिद गर्दा बोलपत्रको माध्यमबाट नगरीकन सोझै खरिद गरेको जनाएको छ ।

महालेखाले औल्याएको प्रतिवेदन यस्तो छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*