हेटौँडा क्याम्पसमा तोडफोड
मकवानपुर । हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका दुई जना छात्रा विद्यार्थी माथि अनैतिक क्रियाकलाप भएको भन्दै क्याम्पसमा तोडफोड गरिएको छ ।
मकवानपुर बहुमुखी क्याम्पस लगाएत अन्य क्याम्पसका विद्यार्थी संगठनहरुले विद्यार्थीमाथि दुब्र्यब्यहार भएको र दुब्र्यब्यहार गर्नेलाई कडा कारबाही गर्न माग गर्दै क्याम्पसमा तोडफोड गरेका हुन् ।

हिजो मंगलबार परीक्षा दिनको लागि मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पस पुगेका पीडित विद्यार्थीले आफु महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।
हेटौंडा क्याम्पसमा बिहानैबाट विद्यार्थीहरुले प्रर्दशन गरिरहेका छन् । उनिहरुले क्याम्पस प्रशासन भवनमा ढुङ्गामुडा समेत गरेका छन् । हाल क्यामपस परिसरमा ठूलो संख्यामा प्रहरी खटाईएको छ ।







