बनकरीया होमस्टे प्रकरण : स्थानीय अगुवा र जनप्रतिनिधिको मिलेमतोमा आर्थिक चलखेल

अखबार हब
२०७९ श्रावण ५, बिहीबार २०:३६

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाको वडा ४ मा रहेको बनकरीया होमस्टे निर्माणका लागि पटक पटक गरी छुट्टाईएको ८ लाख रकमको दुरुपयोग भएको छ ।

मनहरी गाँउपालिकाले आर्थिक बर्ष ०७५/७६ मा वडा नम्बर ४ स्थित बनकरिया होमस्टे निर्माणको लागी भन्दै रु ५ लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट होमस्टेको नाममा बनिसकेको घरमा सामान्य मर्मत मात्र गरी मिलोमतोमा बजेट सकाउने काम भएको छ । फेरि ५ लाखको काममा घाटा लाग्यो भनी फेरि सो काम सक्काउन बजेट अपुग भएको भन्दै आ.व.०७७/७८ मा थप ३ लाख बजेट विनियोजन गरेको थियो ।

किन्दै नकीनेको समानको नक्कली बिल बनाईएको देखिन्छ भने खरीद गरियको फर्निचरको नाममा पुराना फर्निचर सामान खरिद गरी नयाँ भन्दै विल बनाएको पाईएको छ ।

होमस्टेका लागी गाउपालिकाले स्थानीय उपभोक्ता समिती बनाई उपभोक्ता समितीलाई कामको जिम्मा लगाएको थियो । २०७५ चैत १३ गते गठन गरिएको उपभोक्ता समितिको अध्यक्षमा सन्तमाया बनकरिया , उपाध्यक्ष सुंतली बनकरिया , सचिव संतोषी बनकरिया ,कोषाध्यक्षमा अनिल बनकरिया लगायतका उपभोक्ता समितीले बजेको दुरुपयोग गर्दै होमस्टे बनाउने बाहानामा आँखामा छारो हाल्ने काम मात्र गरेको देखिन्छ ।

हाल होम स्टेमा दुई थान पुराना लोबेड, दुई थान प्लास्टीक टेवल,प्लास्टीकको कुर्सी २० थान,ग्यास सिलिण्डर १, केही चम्चाप्लेट, फ्रीज १ थान, लागायतका केही सेकेण्ड हेण्ड सामानमात्र खरिद गरीएको देखिन्छ ।

कुखुरा पालनाको लागी स्थानीय शंकर प्रजाले बनाएको टहरा मा बाँसले घेरी,आगावै जस्ता, ढलान समेत गरेको स्थानमा ढलान गरेको भन्दै विल बनाएर पैसा लुट्ने काम भएको स्थानीयले बताएका छन् ।

५ लाख को काम २०७५ चैत २८ गते सुरु गरि २०७६ बैशाख ३० गते सम्पन्न गर्नु पर्ने थियो । ५ लाख २०७६ असार २५ गते चेक नम्बर १२७०७१३६ बाट कर कटाई चार लाख ६८ हजार ५५८ रुपैयाँ भुक्तानी भयको देखिन्छ । तयार गर्ने लेखा अधिकृत संगीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत देबराज चौलागाईले सदर गर्नु भएको थियोे ।

यसै ग़री थप ३ लाखको सोहि होमस्टे निर्माण भन्दै २०७५ सालमा गठन भयको उपभोक्ता समितिले फेरि २०७८बैशाख १५ सम्झौता ग़री २०७८ असार २५ गते भौचर(चेक नम्बर) १६१६०३७० बाट दुई लाख ५४ हजार ४६७ रुपैयाँ भुक्तानी लिएको थियो । तयार गर्ने बरिष्ठ सहायक डिल्लीराम रेग्मी, पेश गर्ने लेखा अधिकृत संगीता अधिकारी , सदर गर्ने प्रमुख प्रशासकीय अधिकृत रामप्रशाद शर्माले गरेका छन् ।

कुनै पनि विकास निर्माणको काम गर्दा अनिवार्य इन्जिनियर, जनप्रतिनिधिहरूको रोहबरमा स्टमेट अनुसार ठीक छ या छैन भनी चेक गर्नुपर्ने हुन्छ । तर यहाँ इन्जिनियर पर्मेश्वर साह, टुकुराज चौधरी ,अबिशेक पाण्डे लगायतका इन्जिनियरहरूले काम ठीक छ भनी फाइल सदर गरेको देखिन्छ भने २०७६/२०७८ मा स्थानीय जनप्रतिनिधि धूर्ब खड्काले हामीले अनुगमन गरिसकेका छौ स्टमेट अनुसार काम ठीक छ भनी भुक्तानि दिनु भनी शिफारिस दिएका थिए ।

यता स्थानीयहरूले स्टमेट अनुसारको काम नभएको र यहाँ गाउपालिका कर्मचारी , इन्जिनियर, स्थानीय जनप्रतिनिधि, गाउँका अगुवाहरूको मिलोमतोमा बजेट सकाउने खेल भएको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*