समाचार

प्रमुख प्रशासकीय अधिकृत कार्कीको निजगढ मोहले नगरपालिकामा विवाद

बारा । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गर्ने पटकपटक सरुवा र थमौतीले बाराका केही पालिकाहरूमा विवाद देखिन थालेको छ । कुनै प्रमुख प्रशासकीय अधिकृत एउटै पालिकामा सधैँ बस्न खोज्ने र कुनैमा जानै नमान्ने प्रवृत्तिले पालिकाहरूमा पालिका प्रमुख, अन्य जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच मनमुटाव बढेको पाइएको छ ।...

लागूऔषधसहित चार जना प्रहरीको नियन्त्रणमा

मकवानपुर । हेटौंडाबाट लागूऔषधसहित प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषधसहित दुई महिला र दुई पुरुषलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको टोलीले हेटौंडा–४, चिल्ड्रेनपार्क नजिक चौतारी होटलबाट चार जना पक्राउ गरेको हो । प्रहरीले हेटौंडा–२...

हेटौंडमा अबैध सात बोरा कपडा बरामद

मकवानपुर । हेटौंडामा अबैध सात बोरा कपडा बरामद गरिएको छ । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस हेटौंडा–१५ रातोमाटेमा जाँच गर्दा विभिन्न प्रकारको सात बोरा कपडा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भन्सार छलेर ल्याएको सात बोरा वेवारिसे...

उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गर्दै मनहरीका अजय

मकवानपुर । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ४ मशिने निवासी २१ वर्षिय अजय मोत्तान यतिबेला आफ्नो खुट्टाको हड्डी धूलो हुने गÞरी भाचिय पछि काठमाडौंको काठमाडौं मेडिकल कलेजमा उपचाररत छन् । आर्थिक अवस्था निकै नै कमजोर रहेको अजयको परिवारमा डाक्टरले जति सक्दो छिटो अप्रेशनको लागि पैसा जम्मा गर्न भनेपछि उनी...

सडकमै सुतेर सुकुम्बासीको प्रदर्शन

जनकपुरधाम । चुरे क्षेत्र जोगाउन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गर्दै आन्दोलनरत सुकुम्बासी र चुरे अभियानले सडकमै सुतेर प्रदर्शन गरेको छ । सुकुम्बासीहरूले चुरे दोहन बन्द गर्नु पर्ने, अतिक्रमित बन क्षेत्रबारे प्रदेश सरकारले गरेको छानबिन प्रतिवेदन सार्वजनिक हुनु पर्ने, सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउनु पर्नेलगाएका माग राखेर जनकपुरधामस्थित मुख्यमन्त्री...

 निजी संस्थाको भौतिक संरचना निर्माणमा मनहरी गाउँपालिकाको अनुदान  

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले नाफा मूलक निजी संस्थाको भौतिक संरचना निर्माणमा आफ्नो बजेट खर्च गरेको पाइएको छ । पालिकाको दैनिक कार्य सञ्चालन गर्न आफ्नो भवन नभएकोले भवन भाडामा लिई खर्च गरेको अवस्थामा समेत पालिकाले स्थानीय दुई सहकारीको भवन तथा कम्पाउण्ड निर्माण लगाएको कार्यमा अनुदान दिएको हो । नाफा...

नदी जन्य पदार्थ उत्खनन बापत महरी गाउँपालिकाले अझै पाएन ७ करोड ८१ लाख

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्न दिए बापतको आय रमक अझै पाएको छैन । पालिका र शिवशक्ती ईन्फ्रा डेभलपर्स प्रा.ली बिच २०७७ चैत १७ गने भएको सम्झौता बमोजिमको ६० प्रतिशत रकम शिवशक्तीका सञ्चालक लक्ष्मी प्रसाद पाठकले हाल सम्म पनि विभिन्न बाहाना गर्दै पालिकालाई भुक्तानी नगरेको...

बजेट खर्चमा निजगढ नगरपालिकाको चरम लापरवाही : सूचना प्रकाशन खर्च भन्दै फर्निचर पसललाई रकम भुक्तानी

बारा । बाराको निजगढ नगरपालिकाले बजेट खर्च गर्ने नाममा चरम लापरवाही गरेको पाइएको छ । पालिकाले अघिल्लो आर्थिक वर्षको अन्त्य तिर बजेट खर्च गर्ने नाममा कार्यालयको पत्रपत्रिका, छपाई तथा सूचना प्रकाशन गरेको भन्दै फर्निचर पसलको बिल भुक्तानी गरेको हो । आर्थिक वर्ष २०७७/०७८ को चालु शीर्षकको बजेटबाट २०७८ जेष्ठ...

नाफामूलक संस्थालाई निजगढ नगरपालिकाको १८ लाख अनुदान 

बारा । बाराको निजगढ नगरपालिकाले नाफा मूलक संस्थालाई अनुदान रकम उपलब्ध गराएको  छ । नगरपालिकाको तत्कालीन नेपाली काँगेसबाट निर्वाचित मेरय सुरेश कुमार खनालले पालिकाको तिन नाफा मूलक संस्थालाई १८ लाख ९८ हजार २ सय ९५ रुपैयाँ अनुदान रमक उपलब्ध गराएको हो । पालिकालाई प्रदेश सरकार तथा संघबाट प्राप्त रमक...

सवारी दुर्घटना : मकवानपुरमा एक वर्षमै ७० जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा एक वर्षमै सवारी दुर्घटनाका कारण ७० जनाको मृत्यु भएको छ। मुलुकको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, मदन–भण्डारी राजमार्ग र हेटौंडा–काठमाडौं मार्ग जोडिएको मकवानपुरमा सवारी दुर्घटनाबाट एक वर्षमै ७० जनाले ज्यान गुमाएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा...