नदी जन्य पदार्थ उत्खनन बापत महरी गाउँपालिकाले अझै पाएन ७ करोड ८१ लाख

अखबार हब
२०७९ श्रावण १५, आईतवार १२:३७

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले ढुङ्गा गिट्टी बालुवा उत्खनन् गर्न दिए बापतको आय रमक अझै पाएको छैन ।

पालिका र शिवशक्ती ईन्फ्रा डेभलपर्स प्रा.ली बिच २०७७ चैत १७ गने भएको सम्झौता बमोजिमको ६० प्रतिशत रकम शिवशक्तीका सञ्चालक लक्ष्मी प्रसाद पाठकले हाल सम्म पनि विभिन्न बाहाना गर्दै पालिकालाई भुक्तानी नगरेको हो ।

पालिकाले शिवशक्ती ईन्फ्रा डेभलपर्सलाई नदी जन्य पदार्थ उत्खनन गर्न १३ करोड १ लाख ७६ हजारमा सम्झौता गरेको थियो तर २०७८ असार मसान्त सम्मको लागि गरिएको सम्झौता अनुरूप शिवशक्तीले पालिकालाई ७ करोड ८१ लाख ५६ हजार राजस्व तिर्न बाकी रहेको छ ।

ठेकेदार पाठकले सम्झौता बमोजिमको रमक विभिन्न कारण देखाई तिर्न नसक्ने व्यहोरा सहित सम्झौताको म्याद थप गरिपाउँ भन्दै पटक – पटक जिल्ला अदालत मकवानपुरमा दिएको मुद्दा अदालतले माग दावी नपूगेको भनेर उल्टाउँदासमेत उनले पालिकालाई रमक भुक्तानी गरेका छैनन् ।

सम्झौता बमोजिमको रमक नतिर्ने मनसायको साथ अदालत धाइरहेका पाठक दोस्रो पटकको मुद्दा समेत हारेसँगै उनले पुनः उच्च अदालतमा मुद्दा दायर गरेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्झौता अनुरूप पाठकले उक्त रकम नबुझाएमा १२ प्रतिशतका दरले व्याज समेत गणना गरि कम्पनीको नाममा रहेको चल अचर सम्पत्ति र प्रोपाइटरको निजी सम्पत्ति समेतबाट असुल्न सक्ने भनिएको छ तर पाठक भने अदालतमा मुद्दा दायर गर्दै रमक तिर्नु पर्ने दायित्वबाट पन्छिन खोजिरहेका देखिन्छ ।

महालेखापरीक्षको प्रतिवेदन

यसमा तपाइको मत

Your email address will not be published.


*