उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गर्दै मनहरीका अजय

अखबार हब
२०७९ श्रावण १६, सोमबार २०:५०

मकवानपुर । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ४ मशिने निवासी २१ वर्षिय अजय मोत्तान यतिबेला आफ्नो खुट्टाको हड्डी धूलो हुने गÞरी भाचिय पछि काठमाडौंको काठमाडौं मेडिकल कलेजमा उपचाररत छन् ।

आर्थिक अवस्था निकै नै कमजोर रहेको अजयको परिवारमा डाक्टरले जति सक्दो छिटो अप्रेशनको लागि पैसा जम्मा गर्न भनेपछि उनी अहिले चिन्तित छन् ।

उपचार गर्न धेरै रकम लाग्ने र डाक्टरले चाडो भन्दा चाडो पैसा जम्मा गर्नु अप्रेशन गर्नु पर्छ भनेपछि उनीले यतिबेला सबैसँग सहयोगको अपेक्षा गरेका छन् । हामीसँग कुराकानी गर्दै उनले भने ‘अहिले म सगँ पैसा छैन उपचार गर्न धेरै लाग्ने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेको छु ।’

मोक्तानको घर परिवार आफ्ना आफन्त भएता पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेको दुखेसो व्यक्त गरेका छन् । ‘ बुवा दुर्गा लाल मोक्तान आमा सुन माया मोक्तान को जेठो छोरा अजय मोक्तान अहिले उपचारको परÞखाईमा हस्पिटलको बेडमा छटपटाई रहेका छन । उपचार गर्न ९ देखि १० लाख सम्म लाग्न सक्ने अस्पतालले भने पछि घरपरिवार यति बेला झन थप पीड़ा मा परेका छन । छोराको खुट्टा भाचियर हस्पिटलको बेडमा आइया र आथ्था भनेर छटपटाई रहेको देख्दा बाबुको मन कस्तो होला म सगँ पैसा भएको भए हार गुहार गर्ने थिन । कमायर घर खर्च पुर्याउने छोरोको यो हालत छ , छोरो उपचारको परर्खाइमा मृत्युसँग लडिरहेक छ’ म सँग यत्रो पैसा कहाँ बाट हुनु ।’ अजयको बुवाले भने ।

मकवानपुरको विकट मनिने हाडीखोला गाबिस संघियता आएपछि मनहरी गाउँपालिका बन्न पुग्यो । मनहरी गाउँपालिका समृद्ध भनेर चिनिन्छ तर समृद्ध बाठो, टाठो व्यक्तिमा सिमित रहेको, धनी झन धनी, गरीब झन झन गरीब हुदै गएको देखिन्छ यही समस्या झेल्दै समृद्ध गाउँपालिकाको गरीब मोक्तानको परिवार माथि अझ थप पीड़ा परेको छ ।

‘बिहान बेलुका छाक टार्न छोरोले फर्निचरमा लेवर काम गरेर जिनो तीनो घरखर्च चल्थ्यो अहिले दुर्घटनामा परी जेठो छोरा हस्पिटलमा छ अब उपचार गर्न हामी सगँ यत्ति धेरै पैसा छैन । अजयकी आमाले दुखेको गरिन् ।

अजयको उपचारको निम्ती गाउँघरमा सहयोग गठाइ रहेको र अन्य दातालाई समेत सहयोग गरिदिन स्थानीय देवराज घलानले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*