समाचार
मेलम्चीमा भारी वर्षा, तटीय क्षेत्र जोखिममा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ । यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ । बाढी पुर्वानुमामहाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको...
आगूऔषधसहित हेटौंडाबाट दुई जना प्रहरीको नियन्त्रणमा
मकवानपुर । हेटौंडाबाट लागूऔषधसहित प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषधसहित दुई जना युवक पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा विहिवार अस्थायी प्रहरी पोष्ट थानाभर्याङ्गबाट खटिएको टोलीले हेटौंडा–११, सिमलटार जाने सडक खण्डबाट दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले रोकिराखेको प्रदेश...
‘हाईवे’ २५ मिटर बढाउने विषयमा ‘एडिवि’लाई हेटौंडा उपमहानगरको साथ
मकवानपुर । हेटौँडा उपमहानगर क्षेत्रमा विस्तार हुन नसकेको सडक फराकिलो पार्ने तयारी सुरु भएको छ । महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने ‘हाईवे’ लाई फराकिलो पार्ने विषयमा एसियाली विकास बैंक (एडिवि)ले चासो दिएपछि हेटौँडा उपमहानगरपालिकाले पनि सडक फराकिलो पार्ने विषयमा आफुहरुले असहयोग नगर्ने, साथ र समन्वय गर्ने प्रतिवद्धता जनाएको छ ।...
एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३...
घाँसे मैदान बन्यो मुख्यमन्त्री कार्यालयको सभाहल निर्माण स्थल
मकवानपुर । बागमती प्रदेश सरकारको मुख्यमन्त्री सभाहल निर्माण स्थल यति बेला घाँसे मैदानमा परिणत भएको छ । हेटौंडा – २ स्थीत उपमहानगरपालिकाको कार्यालय पछाडीको जग्गामा मुख्यमन्त्री कार्यालयको सभाहल निर्माणको काम लामो समय देखि अलपत्र रहदा उक्त स्थानमा यतिबेला घाँस उम्रेर घाँसे मैदान भएको हो । निमार्णको काम सक्नु पर्ने...
बागमती प्रदेश सभा : सकिँदै पहिलो कार्यकाल, सकिएन कानुन निर्माण
मकवानपुर । बागमती प्रदेशसभाको पहिलो कार्यकाल सकिँदैछ । २१ मंसिर २०७४ मा भएको निर्वाचनपछि यहि मंसिरमा प्रदेशसभाले पहिलो पाँच बर्षे कार्यकाल पूरा गर्दैछ । कार्यकाल सकिने चरणमा पुग्दा कानुन निर्माण भने, सकिने अवस्थामा छैन । आवश्यकता र प्राथमिकताका आधारमा २ वर्षभित्र ९९ वटा कानुन निर्माणको पहिचान गरेको बागमती सरकारले...
तीनपांग्रे सवारीलाई नियमन गर्न हेटौंडा उपमहानगरको स्टिकर
मकवानपुर । हेटौंडा उपमहानगर क्षेत्रभित्र चल्ने तीन पांग्रे व्यवसायिक सवारीसाधनलाई नियमनमा ल्याउन स्टिकर अनिवार्य गरिएको छ। हेटौंडा उपमहानगरपालिका कार्यालयले उपमहानगरमा अधिकांश तीन पांग्रे सवारीसाधन अव्यवस्थित र नियमपूर्वक संचालनमा नरहेको भन्दै नियमनमा ल्याउन स्टिकर अनिर्वाय गरेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा बिहीबारबाट उप–महानगरपालिकाले स्टिकर वितरणसमेत सुरु गरेको छ। पहिलो...
धरासायी बन्दै हेटौंडा सिमेन्ट उद्योग,पाँच वर्षमा ६५ करोड ४७ लाख घाटा
मकवानपुर । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग धरासायी बन्दै गएको छ । निरन्तर घाटासँगै हेटौंडा सिमेन्टको उत्पादन क्षमता र बिक्रीसमेत घट्दा धरासायी बन्दै गएको हो । उद्योगको तथ्यांकअनुसार पाँच वर्षदेखि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको छ । उद्योगले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म ६५ करोड ४७ लाख १६...
साइकल खरिद अनियमितता : तत्कालीन प्रदेश सचिव भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा अनियमितता भएको आरोपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जना विरुद्ध विशेष अदातलमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार स्रोतका अनुसार उनीहरुमाथि विगो कैद र जरिवानाको मागदाबी...
मुम्बई उड्न लागेको जहाजबाट २ जना शंकास्पद व्यक्ति पक्राउ
काठमाडौँ । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय कार्यालय अन्तर्गतको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई जाने तयारीमा थिए । श्रीमान्(श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको...










