समाचार
राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अब के हुन्छ ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी फिर्ता गरेको नागरिकता सम्बन्धी विधेयक अब संघीय संसद्मा पुनर्विचारका लागि प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभा नियमावली, २०७५ अनुसार संविधानको धारा १ सय १३ को उपधारा ३ बमोजिम राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देशसहित विधेयक फिर्ता भएमा प्रतिनिधि सभा बैठकमा पुनर्विचारका लागि प्रस्तुत हुने वा...
पेट्रोलियम पदार्थको उधारो तिर्न दूतावासमार्फत नेपाल सरकारलाई भारतको ताकेता
काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) को उधारो तिर्न भारतले पत्राचार गरेको छ । भारतीय दूतावासले परराष्ट्र मन्त्रालयलाई ताकेता गर्दै उक्त रकम तिर्न सहजीकरणका लागि आग्रह गरेको हो । नेपालले भारतलाई पेट्रोलियम पदार्थ खरिदबापत १९ सय ४९ करोड भारु (३१ अर्ब १६ करोड रूपैयाँ) तिर्न बाँकी...
आगामी चुनावमा १० अर्ब खर्च हुने अनुमान
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अनुमानित १० अर्ब खर्च हुने बताएका हुन् । सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी...
इन्द्रसरोवरमा एक शव फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एकको शव फेला परेको छ । गएराति गाउँपालिकाको वडा नंबर ४ को छापडाँडाकी ४८ वर्षीया सानो कान्छी भोलन आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक घरमा एक्लै बस्दै आएकी थिईन् ।...
निहारिकाको विषयमा राष्ट्रपतिको चासो : कानुनमन्त्री र महान्यायाधिवक्तासँग छलफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्ने निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । उनले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् । शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो...
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा ४० दल दर्ता
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिवार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको...
एम्बुलेन्सको ठक्करबाट मनहरीमा एक महिलाको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ खरङ्गामा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पुर्वपश्चिम सरडखण्ड अन्तरगत आज विहान मनहरीको खरङ्गामा हेटौंडाबाट मनहरी तर्फ जादै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिदाँ ५२ वर्षिय नमुना शेर्पाको घट्ना स्थलमै मृत्यु भएको हो । संखुवासभा घर...
जनैपूर्णिमा र गाईजात्रा ९ वर्ष पछि एकै दिन
काठमाडौँ । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोलि गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकै दिन रहेको जनाएको छ । मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार...
हेटौंडामा कस्ले च्यात्यो रवि लामिछानेको ब्यानर !
मकवानपुर । हेटौंडामा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर च्यातिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडाको मुख्य बजार क्षेत्रमा टाँसेका ब्यानर बुधबार राति च्यातिएका हुन् । लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २७ साउनमा हेटौंडामा बागमती प्रदेश भेला आयोजना गरेको थियो । भेलाको बारेमा जानकारी दिन बजार क्षेत्रमा...
अनावश्यक कुनैपनि शुल्क नतिर्न ट्रक चालक कमिटीको आग्रह
मकवानपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ट्रक चालक कमिटीले देशभर रहेका मालवाह ट्रक चालकहरुलाई भदौ १ गते देखि अनावश्यक कुनैपनि शुल्क नतिर्न आग्रह गरेको छ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै कमिटीका मकवानपुर अध्यक्ष नवराज कार्कीले मालवाह ट्रकहरुमा व्यवसायीहरुले सामान लोड अनलोड गर्दा अनावश्यक विभिन्न नामका शुल्क लिने...









