समाचार
मनहरीको स्वास्थ्य चौकी निर्माणमा ठेकेदारको चरम लापरवाही
मकवानपुर । ठेकेदारको लापरवाहीका कारण मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ मा निर्माणधिन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । निर्माण कम्पनीले स्वास्थ्य चौकी निर्माणको काममा लापरवाही गरेको भन्दै स्थानीयले रोके सँगै भवन निर्माणको काम अलपत्र परेको हो । पटक – पटक गुणस्तरहीन काम भएको भनेर जानकारी गराउँदा समेत...
हेटौंडामा दैनिक १ करोड ८२ लाख लिटर खानेपानी वितरण
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्ष ०७८/७९ को प्रगति विवरण र आर्थिक वर्ष ०७९/८० को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । बुधबार बोर्डले पत्रकार सम्मेलन गरेर सो बारे जानकारी गराएको हो । बोर्डले दैनिक १ करोड ८२ लाख लिटर खानेपानी उत्पादन गर्दै आएको छ...
तीन वर्षमा २ हजार २ सय फरार पक्राउ
मकवानपुर । अदालतले सजाय तोकेपछि फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको संख्या बर्षेनी बढेको छ । उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लामा अदालतले सजाय तोकेर फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो । तीन बर्षमा बागमतीका १० जिल्लाबाट २ हजार २ सय १८ जना पक्राउ परेका छन् । आव २०७६/०७७ मा २...
स्कुल बसको ठक्करबाट निजगढमा ५ वर्षिय बालकको घटनास्थलमै मृत्यु
बारा । बाराको निजगढमा स्कुल बसको ठक्करबाट बालकको घटना स्थलमै मृत्यु भएको छ । मंगलबार बिहान निजगढ नगरपालिका–६ स्थित भित्रि सडक खण्ड अन्तरगत सडकटोल पानी ट्याङ्की नजिकै दुर्घटना हुदाँ ५ वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय निजगढको अनुसार दुर्घटनामा परेर सिम्रौनगढ नगरपालिका घर भई हाल...
नागरिकता विधेयक जस्ताको त्यस्तै पास गरेर पठाउन सत्ता गठबन्धनमा सहमति
काठमाडौँ । सत्ता गठबन्धनले पुनस्विचारका लागि राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने र राष्ट्रपतिको कार्यालयमा पठाउने सहमति गरेको छ । संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा १५ बुँदे सुझावसहित पुनः विचारका लागि फिर्ता पठाएकी थिइन् । मंगलबार गठबन्धन...
बञ्चरेडाँडामा तनाव, प्रहरीले गर्यो हवाईफायर
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी...
बुटवलको होटलमा महिला र पुरुष मृत फेला
बुटवल । बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् । तिनाउ पारी फूलबारी चोकमा रहेको कारिकोट होटलको कोठामा उनीहरु मृत फेला परेका हुन् । धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सीताराम भुजेल र थर–ठेगाना स्पष्ट नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेको प्रहरीले जनाएको...
प्रदेश प्रमुख शर्माद्वारा तीन वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माद्वारा आज तीन वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका तीन वटा विधेयकहरुलाई प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुखले केही प्रदेश ऐन संशोधन गर्न बनेको बिधेयक, प्रदेश सञ्चार माध्यम व्यावस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक...
बागमती प्रदेशमा बढ्यो लागूऔषध कारोबार
मकवानपुर । बागमती प्रदेशमा लागूऔषध कारोबार गर्नेको संख्या बढेको छ । बागमतीका १० जिल्लामा लागूऔषध कारोबारको स्थिति र अभियुक्त पक्राउ बढेको हो । तथ्यांकअनुसार आ.व. २०७७/०७८ भन्दा २०७८/०७९ मा लागूऔषध सम्बन्धि कारोबार र पक्राउ परेका अभियुक्त बढेको देखिन्छ । आ.व. २०७७/७८ मा ४ सय ७ जना पक्राउ परेका थिए...
दोहोरो नागरिकता सिफारिस गर्ने वडाध्यक्ष पक्राउ
रामेछाप । एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार सुनुवारलाई अदालतको आदेशानुसार अनुसन्धानको सिलसिलामा आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सुनुवारले...










