समाचार
नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’...
निहारिकाको माग अनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत जनकपुरले बलात्कार पीडित निहारिका राजपुतको माग सम्बोधन गर्दै आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परिक्षण गर्न आदेश दिएको हो ।...
हेटौंडा–४ का वडा अध्यक्ष कुटेर सानु लामा फरार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएका छन् । उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले बताए । वडा अध्यक्ष लाई कार्यकक्ष मै हातपात गरेर सानू लामा फरार हुँदा मकवानपुरमा सुरक्षा चुनौती...
सटर भाडाबारे विवाद हुँदा वडा अध्यक्ष सिग्देलमाथि कुटपिट
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ । उनीमाथि मंगलबार दिउँसो हेटौंडा ४ हुप्राचौरस्थित कार्यकक्षमै कुटपिट भएको हो । हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको सटर भाडामा दिनेबारे विवादहुँदा नेकपा एमाले मकवानपुर सचिवसमेत रहेका सिग्देलमाथि एमाले जिल्ला सदस्य सानुलामा दोङले कुटपिट गरेका...
चोरीको मोटर साईकलसहित हेटौंडाबाट २ जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले चोरीको मोटर साईकलसहित दुई जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर –१५ बस्ने वर्ष २० को मनोज पुलामी मगर र हेटौंडा–५ शान्तिनगर बस्ने वर्ष २२ को सुरज ठकुरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले ना ३९ प २२९९ र बा ३३...
दाङमा बिहानै टिपरमा आगजनी
दाङ । दाङमा आज बिहानै एउटा टिपरमा आगजनी भएको छ। घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो। बिहान साढे ४ बजेतिर उक्त टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। प्रहरीले टिपरका चालक र सहचालकलाई...
काठमाडौं उपत्यकामा बन्दको प्रभाव सामान्य
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दमा आज बिहान काठमाडौं उपत्यकामा सामान्य प्रभाव रह्यो। सरकारले एमसिसी सम्झौता गरेको र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको विरोध लगायतमा उनीहरूले बन्द आह्वान गरेका थिए। गृहमन्त्री बालकृष्ण खाणले भने विप्लव नेतृत्वको पार्टीसँग...
हेटौंडामा बन्दको प्रभाव सामान्य
मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरको हेटौंडामा सामान्य रहेको छ । हेटौंडा–भीमफेदी–काठमाडौं चल्ने सुमोहरु चलेका छन् भने जिल्ला भित्र चल्ने सार्वजनिक बसहरु बन्द रहेका छन् । बजार क्षेत्रका व्यवसायिक पसलहरु खुलेका छन् भने शैक्षिक संस्थाहरु बन्द...
मिटरब्याजी ठगी मुद्दामा १९३७ ले दिए उजुरी
काठमाडौँ । देशभरबाट मिटरब्याजी ठगीसम्बन्धी मुद्दामा १९३७ उजुरी परेको छ । सोमबार गृहमन्त्रालयमा आयोजित पत्रकारसँगको भेटघाटका क्रममा गृहमन्त्री बालकृष्ण खाणले सो परिमाणमा मिटरब्याजीबाट ठगिएको उजुरी परेको जानकारी दिएका हुन् । ‘विगतमा विभिन्न राजनीति दलसँग भएको सम्झौताप्रति वर्तमान सरकार प्रतिबद्ध छ । मिटरब्याजीबाट आम नागरिकले भोग्नु भएका समस्याको अध्ययन गर्न...
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती नियुक्त
काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यकारी निर्देशक नियुक्तिका लागि सरकारसमक्ष ३ जनाको नाम सिफारिस गरेको थियो। उप्रेतीसिहत निर्मलकुमार उप्रेती र युवराज...










