हेटौंडा–४ का वडा अध्यक्ष कुटेर सानु लामा फरार
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष एवम् एमाले मकवानपुरका सचिव नवीन सिग्देललाई कार्यकक्षमै हातपात गरेर सानु लामा फरार भएका छन् ।
उनलाई प्रहरीले खोजि रहेको मकवानपुरका प्रहरी उपरिक्षक बामदेब गौतमले बताए । वडा अध्यक्ष लाई कार्यकक्ष मै हातपात गरेर सानू लामा फरार हुँदा मकवानपुरमा सुरक्षा चुनौती थपिएको छ ।
प्रहरिले लामालाई पक्राउ गर्न नसकेपछि नगरबासीमा त्राश बढेको छ । भुटनदेबी स्कुलको सटर भाडाको विषयमा विवाद हुँदा लामाले सिग्देललाई हातपात गरेका हुन् । अध्यक्ष सिग्देलले लामा बिरूद्द प्रहरीमा जाहेरी दिएका छन् । लामा जिल्ला खेलकुद बिकास समितिका पुर्ब अध्यक्ष समेत हुन् ।







