समाचार
मुख्यमन्त्री पाण्डेद्वारा जिल्ला प्रशासन कार्यालय मकवानपुरको अनुगमन
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जिल्ला प्रशासन कार्यालय मकवानपुरको आज अनुगमन गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी तथा विभिन्न सिफारिस कक्षमा पुगेर सेवाग्राहीसँग कार्यालयको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका थिए । सो अवसरमा उनले सेवाग्राहीलाई छिटो–छरितो सेवा उपलब्ध गराई सेवाग्राहीलाई आवश्यक पर्ने...
मेयर लामाले बालेन शाहको नक्कल गर्दा हेटौंडाका व्यवसायी आतंकित
मकवानपुर । पछिल्लो समय चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका हर्क साम्पाङले गरेका कामको नक्कल गर्ने होड देशै भरका जनप्रतिनिधिमा सुरु भएको छ । शाहले खासगरी भूमिगत पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि उनी चर्चामा...
समितिसमक्ष जबराको दोस्रो दिनको बयान सुरू
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्। बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो। आजको जवाफमा आफूमाथि लागेका आरोपबारे राणाले बैठकमा खण्डन गर्नेछन्। राणाले बुधबारको बैठकमा भने आफूमाथि...
फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने हर्क साम्पाङको चेतावनी
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा गाली गर्नेलाई पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएका छन्। उनले मानहानी र गाली बेइज्जतीको मुद्दा चलाउने चेतावनी दिँदै देशमा एउटा सरकार पनि छ भन्ने नभुल्न आग्रह गरेका छन्। विशेषगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काठमाडौंको फोहोरको बारेमा आलोचना गरेको भन्दै...
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवासचोकमा हिजो साँझ भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए...
राजमार्ग बाहेकका अतिक्रमित संरचना हटाउँदै हेटौंडा उपमहानगर
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य राजमार्ग क्षेत्र बाहेकका अतिक्रमित संरचना हटाउने भएको छ । आज बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले राजमार्ग भन्दा बाहेकका क्षेत्रमा अतिक्रमणगरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो । बैठकले राजमार्ग भन्दा बाहेकका क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि ३५ दिने सूचना प्रकासन गर्ने...
हेटौंडा उपमहानगरको निर्णय : काँग्रेस निकट पत्रकारलाई १० लाख, जनप्रतिनिधिलाई कोट र सारी
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनलाई १० लाख रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । साथै महिला जनप्रतिनिधिहरुलाई कोट र सारी खर्च समेत दिने निर्णय भएको छ । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौंडामा ६–७ साउनमा सम्पन्न प्रेस युनियनको ९ औं महाधिवेशनको...
बारामा १ हजार लिटर घरेलु मदिरा नष्ट
बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा अवैध रुपमा सञ्चालित मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका वडा नं।६ पटेर्वा बस्ने सञ्जिप जैसवालले सञ्चालन गरेको अवैध मदिरा भट्टी प्रहरीले नष्ट गरेको हो । भट्टीमा रहेको १ हजार लिटर तयारी मदिरा र ६ हजार लिटर कच्चापदार्थ समेत नष्ट...
नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन
चितवन । पहिरो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले बिहान साढे आठ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नं। २९ केराबारी भन्ने ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण जाममा परेका सवारी साधनहरु पहिरो पन्छाएपछि गन्तव्यमा लागेका...
मकवानपुरका कुन स्थानीय तहका कति उजुरी ?
मकवानपुर । मकवानपुरका स्थानीय तह विरुद्धको उजुरी बढेको छ । जिल्लामा रहेका दश वटा स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा बढी उजुरी परेको हो । जिल्लाका स्थानीय तहहरु मध्य सबै भन्दा धेरै उजुरी हेटौंडा उपमहानगरपालिकाको परेको र दास्रोमा मनहरी गाउँपालिकाको परेको अख्तियार दुरुपयोग अनुसंधान आयोग...










