राजमार्ग बाहेकका अतिक्रमित संरचना हटाउँदै हेटौंडा उपमहानगर

अखबार हब
२०७९ भाद्र १५, बुधबार १९:५२

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको मुख्य राजमार्ग क्षेत्र बाहेकका अतिक्रमित संरचना हटाउने भएको छ । आज बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले राजमार्ग भन्दा बाहेकका क्षेत्रमा अतिक्रमणगरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो ।

बैठकले राजमार्ग भन्दा बाहेकका क्षेत्रमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि ३५ दिने सूचना प्रकासन गर्ने र लगत लिनका लागि कार्यदल गठन गरेर काम सुरु गरिने मेयर मिना कुमारी लामाले बताए ।

बिशेषगरी हेटौंडाको राजमार्ग क्षेत्र साघुरो भइरहेको छ । राजमार्ग क्षेत्रका संचरना हटाउनका लागि स्थानीय सरकारको कार्यक्षेत्र नपरेकाले भित्र अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि काम सुरु गर्नेगरी आजको कार्यपालिका बैठकले निर्णय गरिएको उनले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*