समाचार
सवारी लाइसेन्समा असोजदेखि नयाँ मापदण्ड, ७० अंक ल्याए उत्तीर्ण हुने
मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ । संघीय सरकारको यातायात व्यवस्था विभागले तयार गरेको निर्देशिकाअनुसार ७० अंक ल्याए उत्तीर्ण हुने व्यवस्थाअनुसारको मापदण्ड लागू...
हेटौंडा बजार क्षेत्रको सडक १६–१६ मिटर फराकिलो बनाउने प्रदेश सरकारको तयारी
मकवानपुर । बागमती प्रदेश सरकारले हेटौँडा बजार क्षेत्रमा पर्ने मुख्य सडक (पूर्व–पश्चिम राजमार्ग) लाई दुबै तर्फ १६–१६ मिटर फराकिलो बनाउने तयारी गरेको जनाएको छ । आज मुख्यमन्त्री कार्यालय परिषरमा भएको पत्रकार सम्मेलनमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेल प्रदेशको राजधानी समेत रहेको हेटौँडा बजार क्षेत्रको मुख्य सडक फराकिलो बनाउने विषयमा...
१६० केजी लागूऔषध गाँजासहित भैंसेबाट एक जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । बा.२० च ६८ नम्बरको होण्डाई कारमा लागूऔषध गाँजा राखी हेटौंडातर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी तथा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी...
लागूऔषधसहित तीनजना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा–५, सिचाईं टोलबाट ३१ वर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागूऔषध लुकाएर विक्रीवितरण गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले विशेष सूचनाको आधारमा उनको घरको कोठा खानतलासी गर्दा कोठाभित्र लुकाएर राखेको लागूऔषध नाईट्रोभेट...
हेटौंडा बजारबाट पकेट मार्दामार्दै दुईजना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पकेट मार्दामार्दै दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हेटौंडा बजारबाटै उनीहरुलाई पक्राउ गरेको हो । हेटौंडा–१ जिल्ला प्रहरी कार्यालय अगाडिको मोडमा उपचार गराउन बसामाडीबाट आएको ७७ वर्षीया टेकबहादुर बुढोथोकीको नगद दुईहजार रुपैयाँ पकेट मारेर भाग्दै गर्दाको अवस्थामा उनीहरुलाई...
रोटर्याक्टको अध्यक्ष सचिव भेलाको तयारी पुरा
मकवानपुर । रोटर्याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्याक्ट क्लव अफ हेटौंडा र रोटर्याक्ट क्लव अफमकवानपुरको संयोजनमा हेटौंडामा हुन लागेको अध्यक्ष–सचिव भेला(पिएस मिट)को तयारी पुरा भएको छ । रोटर्याक्ट क्लव अफ हेटौंडा र मकवानपुरले पत्रकार सम्मेलन गरि अध्यक्ष–सचिव भेलाको तयारी पुरा भएको जानकारी दिएको हो । भाद्र २५ गते...
सन्दीपको चम्किलो करिअरमा मडारिएको कालो बादल
काठमाडौं । अन्तर्राष्ट्रियरुपमा ख्यातिप्राप्त नेपालका पहिलो र एकमात्र क्रिकेट खेलाडी हुन् सन्दिप लामिछाने । कम उमेरमै लोभलाग्दो सफलता हासिल गर्दै अघि बढिरहेको उनको करिअर अचानक कालो बादलले ढाकिएको छ । एक किशोरीले बलात्कारको आरोपमा सन्दीपविरुद्ध जाहेरी दिएसँगै उनको जीवनमा ‘बिग टर्न’ आएको हो । सन्दीपको क्रिकेट करिअर धरापमा परेको...
हेटौंडा उपमहानगरको सहयोगमा ‘कोसेली घर’ सञ्चालन
मकवानपुर । महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्रीका लागि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो । कोसेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले...
यस्तो छ मनहरीको अध्यक्ष कालाखेतीको एक सय दिनको प्रगति विवरण
मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो एस सय दिनको कार्य विवरण सार्वजानिक गरेको छ। बुधबार पालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै पालिका अध्यक्ष रन्जन कालाखेतीले एक सय दिनमा भएका गाउँपालिकाको कार्यहरु पत्रकार सम्मेलन गर्दै सार्वजानिक गरेका हुन् । सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर...
रोटर्याक्टको भेलालाई महेन्द्र प्युरिफायरको प्रायोजन
मकवानपुर । रोटर्याक्ट क्लब अफ हेटौंडा र रोटर्याक्ट क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा हुने अध्यक्ष र सचिवको भेला (प्रेसिडेन्ट सेक्रेटरी मिट) लाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गर्ने भएको छ । भदौ २५ गते हेटौंडामा हुन लागेको कार्यक्रमलाई सफल बनाउनको निम्ति सोमबार महेन्द्र र रोटर्याक्टबीच सहमति भएको हो । महेन्द्रको...










