हेटौंडा बजारबाट पकेट मार्दामार्दै दुईजना पक्राउ

अखबार हब
२०७९ भाद्र २३, बिहीबार २०:३७

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पकेट मार्दामार्दै दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट गस्तीमा खटिएको टोलीले हेटौंडा बजारबाटै उनीहरुलाई पक्राउ गरेको हो । हेटौंडा–१ जिल्ला प्रहरी कार्यालय अगाडिको मोडमा उपचार गराउन बसामाडीबाट आएको ७७ वर्षीया टेकबहादुर बुढोथोकीको नगद दुईहजार रुपैयाँ पकेट मारेर भाग्दै गर्दाको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चितवन रत्ननगर–११, टाँडीका ४८ वर्षीय रोज तामाङ र हेटौंडा–९ का लक्ष्मण तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हेटौंडा बजार क्षेत्रमा पाकेट मार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*