समाचार

मानवअधिकार आयोगको टोली जबराको निवासमा

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा पुगेको छ । जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे । आयोगकी सदस्य लिली थापाका अनुसार जबरालाई...

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय

काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत...

हेटौँडा र मनहरीमा रोटरीको ह्वीलचेयर र शैक्षिक सामग्री सहयोग

मकवानपुर। रोटरी क्लब अफ हेटौँडाले शुक्रबार मकवानपुरको हेटौँडा र मनहरीमा विभिन्न सामाजिक कामहरुको थालनी गरेको छ । क्लबले बिहान हेटौँडा स्थित क्लब सचिवालय भवनबाट असक्त व्यक्तिहरुका लागि ह्वील चेयर वितरणको कार्यको शुभारम्भ गरेको छ । नेपालका सुप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतबाट क्लबले ह्वील चेयर वितरणको शुभारम्भ गरेको हो...

सफा हेटौंडा अभियान अन्तरर्गत ७ नम्बर वडामा वृक्षारोपण

मकवानपुर । सफा हेटौंडा अभियान अन्तरर्गत ७ नम्बर वडा समितिले शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ । वडा समितिले हेटौंडा ७ र ८ जोड्ने खहरे देखी ६ नम्बर वडा जोडने हरीयाली चोक सम्म सडकको दायाँबायाँ ३ सय विरुवा रोपिएको हो । हेटौडा उपमहानगरपालीकाकी मेयर मिना कुमारी लामाको उपस्थितीमा आयोजि बृक्षारोपणमा...

अछाम पहिरो : १२ को मृत्यु, ११ जना अझै बेपत्ता

अछाम । अछामका विभिन्न स्थानमा शुक्रबार राति पहिरो जाँदा १२ जनाको मृत्यु भएको छ । शनिबार बिहान १० बजेसम्म ११ जना बेपत्ता रहेका छन् । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार तुर्माखाद गाउँपालिका वडा नम्बर ५ नाडामा २ जनाको शव फेला परेको छ भने ७ जना अझै...

हेटौंडा–११ को गुनासो पेटिकामा सेवाग्राहीको गुनासो शुन्य

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको प्रवेशद्वार नजिकै गुनासो तथा सुझाव पेटिका झुन्ड्याइएको छ । शुक्रबार वडा कार्यालयमा बागमती प्रदेश प्रहरी कार्यालयले राखेको प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका खोल्दा केहीपनि गुनासो तथा सुझावहरु प्राप्त नभएको प्रहरीले जनाएको छ। स्थानिय तहमा सबैभन्दा धेरै जनसम्पर्क हुने...

माई च्वाइस पानी उद्योगमा खाद्यको शिल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको माई च्वाइस पानी उत्पादक उद्योग मकवानपुर वेभरेज प्रालिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले शिल गरेको छ । बिक्रिका लागि बजारमा पठाइएको  पानीको जारमा अखाध्य वस्तु भटिएसँगै आज शुक्रवार खाद्यले उद्योगमा शिल गरेको हो । हेटौंडा–४ स्थीत एक पसलमा...

मकवानपुरबाट ६ सय खसी–बोका किन्दै खाद्यको वीरगन्ज शाखा

मकवानपुर । नजिकिँदै गरेको दसैँलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगन्ज शाखाले ६ सयवटा खसी(बोका खरिद गर्ने भएको छ । शाखाले मकवानपुरबाट १ हजारवटा बोका खरिद गर्न लागेको भए पनि अहिले ६ सयवटा खसी–बोकाको मात्र कोटा आएको शाखा प्रमुख विकास कटुवालले जानकारी दिए । ‘यस वर्ष...

निलम्बित प्रधानन्यायाधीश जबरासँग पुरक बयान शुरू

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग पुरक बयान शुरू गरेको छ । पुरक बयान केहीबेर अघिदेखि शुरू भएको हो । बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको थियो । यसअघि समितिले जबरासँग ४० भन्दा बढी प्रश्नहरु तयार पारेर जबरासँग सोधपुछ गरेको थियो । त्यसक्रममा जबराले...

डेंगु नियन्त्रण गर्न हेटौंडा उपमहानगरको स्प्रे अभियान

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगका बिरामि बढ्दै गएपछि थालिएको स्प्रे अभियान निरन्तर चलिरहेको छ । डेंगुको संक्रमण दर बढ्दै गएपछि हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको स्प्रे अभियान नगरका विभिन्न वडाहरुमा चलिरहेको उपमहानगरपालिका कार्यालयले जनाएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको अनुसार अहिले सम्म १, २, ३,...