समाचार

मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीनको मृत्यु

मकवानपुर । मकवानपुरमा जापानी इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सङ्क्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौँडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका–४ बस्ने वर्ष ४८ की सुस्मिता गोले उक्त रोगको सङ्क्रमण्बाट गम्भीर बिरामी भई थप...

बुधबार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक विदा

मकवानपुर । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ९ चैत २०७८ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार तीन जिल्लामा भदौ २२ गते बुधबार सार्वजनिक बिदा दिएको हो । मन्त्रालयका अनुसार सार्वजनिक बिदा मकवानपुर, चितवन र धादिङ...

सन्तोष न्यौपाने स्वतन्त्र पार्टीबाट निलम्बित

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरिएको छ । सामजिक सञ्जाल फेसबुकको प्रयोग गरि पार्टीको छबिलाई बिगारेको भन्दै हेटौँडा उपमहानगरपालिकाका संयोजक सन्तोष न्यौपानेलाई निलम्बन गरिएको हो । पार्टीको मुल सिद्धान्त, विचार, धारणा र नीति विपरित फेसबुकमा स्टाटस राखी पार्टीको छविलाई समेत बदनाम गर्ने काम...

बालबालिकाको संरक्षण र विकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री मोक्तान

चितवन । बालबालिकाको संरक्षण र विकासको क्षेत्रमा बागमती प्रदेश सरकार प्रतिबद्ध भएको बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताईन्। शनिबार चितवनको सौराहामा बाल विकास समाज काठमाडौंले आयोजना गरेको बाल संरक्षणका सवाल : चुनौती र समाधान सम्बन्धी बागमती प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा मन्त्री मोक्तानले बालबालिकाको सचेतनाको लागि प्रदेश...

७४ किलो लागु औषध गाँजासहित दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । शनिवार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पुर्व पश्चिम सडक खण्डको हेटौंडा–१० स्थीत राप्ती पुल नजिकबाट ०१०२५ च १९४२ नम्बरको तरकारी बोक्ने पिकअप गाडीमा लुकाई छिपाई ल्याएको ७४ किलो ७ सय ग्राम लागु औषध गाँजासहित...

नयाँ उपकरण ल्याउन जोखिमपूर्ण रोप–वे बेच्दै हेटौंडा सिमेन्ट

मकवानपुर । मानव बस्ती र विद्यालयलाई वर्षौदेखि जोखिम बनाएको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको रोप–वे अब इतिहासका रुपमा सीमित हुने भएको छ । भीमफेदी गाउँपालिकाको भैंसेस्थित खानी क्षेत्रबाट चुनढुंगा ल्याउन प्रयोग भएको रोप–वेलाई हेटौंडा सिमेन्टले बिक्री गर्ने तयारी गरेको हो । रोप–वेमा करोडौंका फलाम छन् । फलामका पोलदेखि, तार...

प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिताको प्रदेश स्तरिय छनौट भोली

मकवानपुर । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) बागमती प्रदेश समितीको आयोजनामा भोली शनिबार प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौट प्रतियोगिता हुँदैछ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी बागमती प्रदेश समितिले शनिबार हुने प्रथम प्याव्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता प्रदेश स्तरिय छनौटमा विभिन्न विद्यालयका ३४५...

नवोदयमा तीन दिने ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहागरपालिका वडा नम्बर– ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यामिक विद्यालयमा ‘नवोदय मोडल युनाइटेड नेशन’ कार्यक्रम हुने भएको छ । आगामी हप्ताको आइतवारबाट भदौ २१ गतेसम्म  उक्त कार्यक्रम आयोजना हुने भएको हो। यसअघि २ पटक भर्चुअल रुपमा आयोजना भइसकेको नमूना संयुक्त राष्ट्र संघीय महासभा...

फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा भण्डारी

बारा । नेपाल फोटो पत्रकार महासंघ बाराको अध्यक्षमा दिवाकर भण्डारी चयन भएका छन् । शुक्रबार(आज) निजगढमा भएको दोस्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा श्याम गुप्ता, सचिव ईन्दिप कोइराला, कोषाध्यक्षमा प्रलाद तिमिल्सिना रहेका छन्। यसैगरी सदस्यमा प्रदीप गौतम, राधेश्याम पटेल, एसएस पटेललगायत चयन...

हेटौंडा जेसीजले गर्यो सप्ताहव्यापी कार्यक्रम सार्वजनिक

मकवानपुर । हेटौंडा जेसीजले यसवर्षको सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । जेसीजअध्यक्ष पवनकुमार कंसाकारले आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु हुने जानकारी दिए । उनका अनुसार आइतबार भदौ १९ गते लागूऔषधविरुद्ध सचेना कार्यक्रम र सीप विकास तालिम कार्यक्रम...