हेटौंडा–११ को गुनासो पेटिकामा सेवाग्राहीको गुनासो शुन्य

अखबार हब
२०७९ आश्विन १, शनिबार १०:५०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको प्रवेशद्वार नजिकै गुनासो तथा सुझाव पेटिका झुन्ड्याइएको छ ।

शुक्रबार वडा कार्यालयमा बागमती प्रदेश प्रहरी कार्यालयले राखेको प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन पेटिका खोल्दा केहीपनि गुनासो तथा सुझावहरु प्राप्त नभएको प्रहरीले जनाएको छ।

स्थानिय तहमा सबैभन्दा धेरै जनसम्पर्क हुने स्थान वडा कार्यालय रहेकोले गुनासो सुन्न सबैले देख्ने ठाउँमा उक्त पेटिका राखे पनि अहिलेसम्म खासै गुनासो नपरेका वडा अध्यक्ष जुना दाहालले बताइन् ।

सुशासन कायम गर्न सहयोग पु¥याउने उदेश्यले प्रदेश प्रहरीले वडामा गुनासो तथा सुझाव पेटिका राखिएको हो। प्रहरीद्वारा राखिएको पेटिका नयाँ जनप्रतिनिधिहरु जितेर आएपछि महिनैपिछे प्रहरीको उपस्थितिमा खोल्ने गरिएको वडा सदस्य बिकास नेपालले बताए। अहिले प्राय उजुरी नै नपर्ने गरेकाले पेटिकाहरु खाली हुने गरेको उनको भनाई छ।

वडा अध्यक्ष दाहाल नेकपा एमालेबाट स्थानिय तह सदस्य निर्वाचन–२०७९ मा हेटौंडा उपमहानगरपालिकाको ११ नम्बर वडामा विजयी उपमहानगरकै पहिलो महिला वडा अध्यक्ष समेत हुन् । वडामा सेवा लिन आएका सेवाग्रहीहरु पनि वडा अध्यक्ष दाहाल र उहाँको कार्यशैलीप्रति सन्तुष्ट रहेको बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*