सफा हेटौंडा अभियान अन्तरर्गत ७ नम्बर वडामा वृक्षारोपण
मकवानपुर । सफा हेटौंडा अभियान अन्तरर्गत ७ नम्बर वडा समितिले शनिबार वृक्षारोपण कार्यक्रम गरेको छ । वडा समितिले हेटौंडा ७ र ८ जोड्ने खहरे देखी ६ नम्बर वडा जोडने हरीयाली चोक सम्म सडकको दायाँबायाँ ३ सय विरुवा रोपिएको हो ।
हेटौडा उपमहानगरपालीकाकी मेयर मिना कुमारी लामाको उपस्थितीमा आयोजि बृक्षारोपणमा कल्कीफुल, कपुर, गोलमोहोर, पारीजात, अमला, तेजपात लगाएतका नामका विरुवाहरु रोपिएको हेटौडा उपमहानगरपालीका वडानम्बर ७ का वडा अध्यक्ष दामोदर गौतमले बताए ।
वृक्षारोपण कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा ७ नम्बर वडाबासीहरु डिभिजन वन कार्याल हेटौंडाका सहायक वन अधिकृत बसन्तराज गौतम, वन प्राविधिकहरु, टोल समन्वय समितिका प्रतिनिधिहरु लगाएतको बिभिन्न टोल समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा टोल विकास र स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रम ७ नम्बर वडा अध्यक्ष गौतमको अध्यक्षतामा भएको थियो ।







