समाचार

बागमती प्रदेशमा मानव अधिकार उल्लंघनका ३३ उजुरी

काठमाडौँ । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू भएका छन् । राष्ट्रिय मानव अधिकार आयोगको वाग्मती प्रदेश कार्यालयमा सो वर्ष प्रदेशका १३ जिल्लाहरूबाट ३३ वटा मानव अधिकार उल्लंघनका घटनाहरू रेकर्ड भएका हुन् । आयोगले सो वर्ष ३३ वटा उजुरीहरू परेको जनाएको छ ।...

अटोमोबाईल एशोशियशनले हेटौंडा अस्पताललाई एक सय डेंगु परिक्षण किट उपलब्ध गराउने

मकवानपुर । हेटौंडा अटोमोबाईल एशोशियशन मकवानपुरले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत १ सय वटा डेंगु परिक्षण किट हेटौंडा अस्पताललाई उपलब्ध गराउने भएको छ । एशोशियशन मकवानपुरले अटो वर्कसपमा जनचेतनासहित डेंगु नियन्त्रण गर्न स्प्रे छर्कने एशोशियशनका अध्यक्ष दामोदर अटलले बताए । नाडा अटो मोबाईल एशोशियशन अफ नेपालसँगको सहकार्यमा असोज ७ गते...

यी हुन् ३ लाख ५० हजार जरिवाना तिर्नुपर्ने गाउँपालिकाका जनप्रतिनिधि

काठमाडौं । स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी खर्च विवरण नबुझाउने ४ हजार १ सय ९६ जनालाई निर्वाचन आयोगले जरिवाना तोकेको छ। स्थानीय तह तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र उम्मेदवारले खर्च विवरण बुझाउनुपर्नेछ। समयमै खर्च...

४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले निवेदन दिएकोमा ४८ ले मात्रै उम्मेदवारको बन्दसूची दर्ता गराएको निर्वाचन आयोगले जानकारी दिएको छ । प्रतिनिधि सभामा समानुपातिल संख्या ११० रहेको छ । समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्नका लागि आयोगले आइतबार र...

बकैयामा चट्याङ लागेर एकजनाको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा चट्याङ लागेर एकजनाको ज्यान गएको छ। सोमबार साँझ बर्षा सहित परेको चट्याङ लागेर बकैया ११ का आहाल डाँडाका अन्दाजी ५५ बर्षीय आईत सिं भोलनको ज्यान गएको हो। उनलाई घरमा वसिरहेको अवस्थामा चट्याङ लागेको र घटनास्थलमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीले...

प्रेस नेपालको अध्यक्षमा मनोज ढोडारी

मकवानपुर। नेपाल समाजवादी पार्टी निकट पत्रकाहरुको संस्था प्रेस नेपालको अध्यक्षमा मकवानपुरका मनोज शर्मा ढोडारी चयन भएका छन् । काठमाडौँमा सम्पन्न बौद्धिककर्मी महासंघका घटकहरुको पुनर्गठन भेलाले तत्कालिन प्रेस मन्चका उपाध्यक्ष रहेका शर्मालाई अध्यक्ष चयन गरेको हो । हेटौंडा २ निवासी ढोडारी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । विगत दुई...

संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडनजस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् । साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्...

संविधानले नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएकी छन्। राष्ट्रपति भण्डारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक...

हेटौंडाकी नगरप्रमुख लामा मलेसिया प्रस्तान

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामा मलेसिया प्रस्तान गरेकी छन् । मलेसियाको राजधानी क्वालालामपुरमा हुने मानब बस्ती व्यवस्थापनको लागि प्रतिबद्ध शहरी सरोकारवालाहरुको संथा सिटिनेट’ को अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुनका लागि नगर प्रमुख लामा मलेसिया जान लागेकी हुन् । उनलाई हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत...

टुकुचा मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ । प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । काठमाडौं महानगरपालिकाले...