समाचार

बडादसैँ सुरु, आज घटस्थापना

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दूधर्मावलम्बीहरुको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री...

हेटौंडा–३ का दुई सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यमबाट शिक्षा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेका दुई सामुदायिक विद्यालयहरुले निःशुल्करुपमा अंग्रेजी माध्यम पढाउन सुरु गरेका छन् । वडा शिक्षा समन्वय समितिले निस्शुल्करुपमा अंग्रेजी माध्यममा शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएसँगै आइतबारबाट सामुदायिक विद्यालयहरुले पठनपाठन सुरु गरेका हुन् । वडामा रहेका बाल उज्जवल मावि र महेन्द्र किरण माविको...

डिजास्टर रिकभरी सेन्टरमा लागेको आगो नियन्त्रणमा

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा भएको आगलागी नियन्त्रणमा आएको छ । आईतवार दिउँसो २ः३० बजे देखि लागेको आगो करिब २ घण्टा पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना , स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीबाट...

हेटौंडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आगलागी भएको छ । आइतबार दिउँसोबाट भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले करिब डेढ घण्टादेखि भएको आगलागी नियन्त्रणमा आउन नसकेको बताए । उनले आगलागी नियन्त्रणको लागि...

आजदेखि लामो तथा छोटो दुरीका गाडीको यान्त्रिक परीक्षण अनिवार्य

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले आजदेखि अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने भएको छ । दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रुट परमिट लिने बेला यान्त्रिक परीक्षण अनिवार्य गरिएको जानकारी दिए...

अध्यादेश ल्याएर किसान परिचयपत्र वितरण गर्ने तयारीमा बागमती सरकार

मकवानपुर । कानुन मन्त्रालयले ऐन निर्माणमा सहमति नदिएर अड्किएको किसान परिचयपत्र वितरण गर्न बागमती प्रदेश सरकारले अध्यादेश जारी गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले किसानहरूलाई परिचयपत्र वितरण गर्ने कृषिसम्बन्धी अध्यादेश स्विकृत गरेको हो। मन्त्रिपरिषद् बैठकले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने निर्णयसमेत गरेको छ। यसअघि प्रदेशको कृषि तथा...

मदन भण्डारी फाउण्डेशनको हेटौंडामा चियापान तथा शुभकामना

मकवानपुर। मदन भण्डारी फाउण्डेशन मकवानपुरको आयोजनामा हेटौंडामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । नेपालीहरुको महानपर्व विजयादशमी, शुभदीपावली तथा छठ पर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका केन्द्रीय नेता तथा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले सबैलाई शुभकामना...

जनकपुरमा ओलीले चढे रेल

जनकपुरधाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर( जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिँदा जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम...

प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उक्त प्रदेशमा सञ्चारग्राम स्थापना गर्न एक करोड विनियोजन गरिएको बताएका छन् । समाजवादी प्रेस संगठन नेपालको बागमती र उपत्यका प्रदेशको संयुक्त भेलाको उद्घाटनका क्रममा उनले सञ्चार क्षेत्रको विकासका लागि प्रदेशभित्र स्थापना गरिएका सबै सञ्चारमाध्यमलाई नवीकरण दस्तुर छुट दिएको बताए । मुख्यमन्त्री पाण्डेले...

डेंगी संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु

काठमाडौँ । डेंगी नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो । नेपालमा २–३ वर्षको अन्तरालमा डेंगीले प्रकोपको रुप लिने गरेको छ ।...