समाचार

शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्ष उमेरमा निधन

काठमाडौँ । शताब्दी पुरूष तथा संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गतेदेखि भर्ना भएर उपचार भइरहेको...

गोरखा दरबारमा प्रचण्ड

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गरेका छन् । सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका उनले शनिबार बिहान दरबार अवलोकन गरेका हुन् । गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत...

बढी भाडा असुल्ने ५ जना मकवानपुर प्रहरीको नियन्त्रणमा

मकवानपुर । चाड पर्वको मौका छोपि तोकिएको भन्दा बढी भाडा असुल्ने पाँच जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । आज(शुक्रवार) विहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ पुरानो मकवानपुर रोड स्थित सडकमा काठमाडौं जाने यात्रुसँग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले जानकारी...

मकवानपुर–२ बाट उम्मेदवारी दिएका पराजुली कति सुरक्षित

मकवानपुर । मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुने भएक सँगै देशमा यति बेला चुनावी सहगर्मी बढेको छ । निर्वान आयोगको कार्यतालिका अनुसार विभिन्न पार्टीका तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएसँगै चुनावी प्रचार प्रसार सुरु गरि सकेका छन् । दुई वटा प्रतिनिधि सभा र चार...

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

चितवन । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ । बिहीबार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैँडा मरेको हो । सो...

भीमफेदीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तानको अरिङगालको टोकाइबाट मृत्यु भएको हो । बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उनको उपचारको क्रममा आज बिहान चितवनको अस्पतालमा...

हेटौंडामा पत्रकारको निःशुल्क आँखा परिक्षण

मकवानपुर । मकवानपुनका पत्रकारहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ । विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मकवानपुरले निःशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको हो । विहिवार विहान ९ बजेबाट सुरु भएको शिविर दिउँसो २ बजे सम्म सञ्चालन हुने महासंघका अध्यक्ष मणिराज गौतमले बताए । हेटौंडा सामूदायिक आँखा...

मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ६ सुरुङ खोलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जुरीखेत बस्ने अन्दाजी ३२ वर्षीया समिता राना मगर रहेको जिल्ला प्रहरी कार्याल मकवानपुरका प्रहरी नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए । बुधबार मगरको घरदेखी १ किलोमिटर उत्तर घास...

नाबालिग बलात्कार आरोपमा वडाअध्यक्षविरुद्ध जाहेरी

बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । पीडितका तर्फबाट वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टीकाका...

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

काठमाडौँ । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो । छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले...