भीमफेदीमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तानको अरिङगालको टोकाइबाट मृत्यु भएको हो ।
बुधबार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिङ्गालले टोक्दा गम्भीर बिरामी भएका थिए । उनको उपचारको क्रममा आज बिहान चितवनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाउव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।







