बढी भाडा असुल्ने ५ जना मकवानपुर प्रहरीको नियन्त्रणमा

अखबार हब
२०७९ आश्विन २८, शुक्रबार २१:५२

मकवानपुर । चाड पर्वको मौका छोपि तोकिएको भन्दा बढी भाडा असुल्ने पाँच जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज(शुक्रवार) विहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ पुरानो मकवानपुर रोड स्थित सडकमा काठमाडौं जाने यात्रुसँग तोकिएको दर भन्दा बढी भाडा लिईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बारा बारागढी गाउँपालिका वडा नम्बर–१ बस्ने वर्ष २२ को अनिल साह कलवार, हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मानसचोक बस्ने वर्ष २२ को रोहित थापा, हेटौंडा–४ कमलडाँडा बस्ने वर्ष २० को निकेश लामा, हेटौंडा–१० भुटनदेवी बस्ने वर्ष १८ को निशान श्रेष्ठ र सोहि स्थान बस्ने वर्ष ३५ को आकाश लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*