डिजास्टर रिकभरी सेन्टरमा लागेको आगो नियन्त्रणमा

अखबार हब
२०७९ आश्विन ९, आईतवार १७:०४

मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा भएको आगलागी नियन्त्रणमा आएको छ ।

आईतवार दिउँसो २ः३० बजे देखि लागेको आगो करिब २ घण्टा पछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना , स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दुईवटा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट के कति क्षती भए यकिन नभएको र थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*