हेटौंडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी

अखबार हब
२०७९ आश्विन ९, आईतवार १६:५३

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आगलागी भएको छ । आइतबार दिउँसोबाट भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले करिब डेढ घण्टादेखि भएको आगलागी नियन्त्रणमा आउन नसकेको बताए ।

उनले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी खटाइएको समेत बताए । हाल सेन्टरमा दुई वटा दमकलले पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

आगलागी कसरि भयो भन्ने बारे खुल्न सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*