मेयर लामाले बालेन शाहको नक्कल गर्दा हेटौंडाका व्यवसायी आतंकित
मकवानपुर । पछिल्लो समय चर्चामा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका हर्क साम्पाङले गरेका कामको नक्कल गर्ने होड देशै भरका जनप्रतिनिधिमा सुरु भएको छ ।
शाहले खासगरी भूमिगत पार्किङका लागि भनेर नक्सा पास गरेका तर अन्य प्रयोजनमा उपयोग भएका संरचना खाली गराउने अभियान थालेपछि उनी चर्चामा आएका थिए । भने धरानका मेयर साम्पाङले चुनावमा होमिदा धराने बासीलाई खानेपानी सहज रुपमा पुर्यान गरेको बाचा अनुरुप श्रम दान र सफा धरान अभियानको क्रममा आफ्फै नगर सफा गर्न झाडु बोकेर निस्कीय सँगै चर्चा कमाएका थिए ।
यता हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले भने चर्चा बटुल्नैको लागि चाडवाडको मुखमा व्यवसायीलाई आतंगीत पार्न अनावश्यक संरचना हटाउँने भन्दै नगरकार्यपालिकाको बैठक बाट कार्यदय बनाएकी छिन् । साथै मेयर लामाले साम्पाङ शैलीमा हप्तामा एक दिन नगर सरसफाई तथा वृक्षा रोपन गर्दै ‘सफा हेटौंडा अभियान समेत चलाएकी छिन् ।
हेटौंडामा बर्षै देखि चर्चामा रहेको मुख्य राजमार्ग क्षेत्र २५ मिटर भत्काउँने सडक डिभिजन कार्यालयको निर्णयलाई खासै चासो नदिई भित्रि बजारको अवैध संरचना हटाइने र फुल रोपी सुन्दर हेटौंडा बनाउँने भन्दै बालेन र साम्पाङको नक्कल गरि चर्चा बटुल्ने होडमा मेयर लामा लागेकी हुन् ।
कारोनाको मारबाट तङ्रीदै गरेका हेटौंडाका व्यवसायलाई चार्डवाड नजिकिनै लाग्दा अवैध संरचना हटाउन उपमहानगरले ३५ दिने सुचना निकाल्न बनाएको कार्यदलले व्यवसायी थप आतंकित बनेका छन् ।
यता नगर क्षेत्रका जनता तथा व्यवसायीले भने हेटौंडाको मुख्य आवश्यकता भनेको मुख्य राजमार्ग क्षेत्र फराकिलो बनाउनु भएको भन्दै चाडबाडको नजिक भित्रि बजारको अवैध संरचना हटाउने निर्णय गरेर बालेनको नक्कल गर्न खोजेको आरोप लगाएका छन् ।
मुख्य बजार क्षेत्र पर्ने हेटौंडा उपमहागरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले भने नगरको भित्रि बजारमा अवैध संरचना वडाले यस अघि नै हटाई सकेको बताए । ‘मेयरको यो निर्णय बालेन र हर्क बन्ने होड हो, मुख्य बजार क्षेत्रको अवैध संरचना यस अघि नै वडाले पहिले नै हटाइ सकेको छ ।’ उनले भने । चाडबाडको नजिक व्यवसायी तर्साउन गरिएको यस किसिमको निर्णय मेयर लामाको चर्चा कमाउने दाउ मात्र भएको बताए ।
मेयर लामाले पालिकाको निर्णय नक्कल गरेको नभई आफ्नै आवश्यकता र समयसीमामा निहित रहेर कर्तव्य निर्वाह गरिरहेको बताएकी छिन् ।







