समितिसमक्ष जबराको दोस्रो दिनको बयान सुरू

अखबार हब
२०७९ भाद्र १६, बिहीबार १२:१६

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिसमक्ष आज पनि बयान दिन सुरू गरेका छन्।

बुधबार पहिलो दिन विषय मात्र प्रवेश भएको र प्रश्न धेरै भएकाले जबरालाई बिहीबार ११ बजे पुनः बोलाइएको थियो।

आजको जवाफमा आफूमाथि लागेका आरोपबारे राणाले बैठकमा खण्डन गर्नेछन्। राणाले बुधबारको बैठकमा भने आफूमाथि महाभियोग लाग्नुपर्नाका कारणलगायत प्रश्न पनि सोधेका थिए।

प्रतिनिधि सभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो।

सत्तारुढ दलले २१ आरोपसहित राणाविरुद्ध गएको फागुनमा महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।

राणाले मन्त्रिपरिषद र संवैधानिक नियुक्तिमा भागबण्डा खोजेको, कार्यकारीसँग सौदाबाजी गरेको, आर्थिक राजनीतिक मुद्दामा बेञ्च सेटिंग गरेको, भ्रष्टाचार गरेको जस्ता आरोप छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*