समाचार
मानवसेवा आश्रमको एक दशक : ७ हजारको उद्धार, ३ हजार ४ सय जनाको पुनः मिलन
मकवानपुर । मानवसेवाको भावनाले स्थापना गरिएको मानवसेवा आश्रम स्थापनाको एक दशक पार गरेको छ । सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार गर्ने उद्देश्यका साथ स्थापना गरिएको मानवसेवा आश्रम भदौ १३ गने १० वर्ष पुरा गरि ११ औं वर्षमा प्रवेश गरेको हो । सोमवार आश्रमको मुख्य कार्यलय हेटौंडा– ९ मा पत्रकार सम्मेलनको आयोजना...
१७ दिनपछि तोडियो निहारिकाको अनसन
काठमाडौँ । बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्। कानुनमन्त्री गोविन्द शर्मा बन्दीको उपस्थिति र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा काठमाडौंका सिडिओ गोविन्द रिजालसँग तीन बुँदे सहमतिपछि आइतबार साँझ उनले अनसन तोडेकी हुन्। उनी समेतले गरेको सहमतिपत्रमा...
अन्डरग्राउण्ड पार्किङमा ‘एक्सन’ लिँदै महानगर
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै आज (सोमबार)देखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो । साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण...
बालमैत्री स्थानीय तह घोषणाको तयारीमा हेटौंडा उपमहानगर
मकवानपुर । वालमैत्री स्थानीय तह घोषणाको तयारीमा हेटौंडा उपमहानगरपालिका जुटेको छ । सरकारले २०८७ सम्म देशलाई बालमैत्री घोषणा गर्ने नीति ल्याएसँगै स्थानीय तहहरु बालमैत्री घोषणाको तयारीमा जुटेका हुन् । तयारी अनुसार आइतबार हेटौंडा उपमहानगरपालिकाले ‘वालमैत्री स्थानीय शासन नीतीगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा’ सम्बन्धी नगरस्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ...
मनहरी खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका—१० स्थित मनहरी खोलामा डुबेर एकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएकी छन् । एक महिलाको शव आइतबार बिहान कैलाश गाउँपालिका—३ भुपटारस्थित मनहरी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कैलाश गाउँपालिका—१० नामेसदुङकी ३३ वर्षीय सन्जुमाया चेपाङको शव भुपटारमा फेला...
लागु लौषधसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागु औषधसहित दुईजनालाई हेटौँडाबाट पक्राउ गरेको छ । प्रहरीले लागु औषध नाईट्राभेट ४८० ट्याबलेट, पाईभन क्याप्सुल४८०,डाइलेक्स डिसि १ बोटल सहित २ जनालाई पक्राउ गरेको हो । प्रहरीले विरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ३ ख ५५९३ नंबरको पेट्रोलियम पदार्थ लोड भएको ट्याङकरलाई रोकी जाँच गर्ने...
गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् । उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व...
ठूलो परिमाणमा लागूऔषसहित दुई जना मकवानपुर प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख ८४२५ नम्बरको...
हेटौंडामा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा –३ लेवट चोकमा नजिक ट्रकको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ। हेटौंडाबाट मनहरी जाँदै गरेको ना ७ ख ७६१ नम्बरको ट्रकले ठक्कर दिदा एकजना पुरुष पैदल यात्रीको ज्यान गएको जिल्ला प्रहरी कर्याालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए । ठक्करबाट नाम...
चिट पासो थापेर विद्यार्थीमाथि बलात्कार
चार महिनाअघि विराट हेल्थ कलेजमा दोस्रो वर्षको फाइनल परीक्षा चलिरहेका बेला अनुशासन प्रमुख (डीआई) सुरज भनिने अमर सुवेदी परीक्षा हलमा प्रवेश गरे । परीक्षा दिइरहेकी १८ वर्षीया किशोरीलाई चिट दिन खोजे, लिन नमानेपछि फालेर बाहिरिए । परीक्षा सकेर किशोरी डेरा गइन् । केही समयपछि कसैले ढोका ढकढकाक्यो । ढोका...










