प्रदेश प्रमुख शर्माद्वारा तीन वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादब चन्द्र शर्माद्वारा आज तीन वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका तीन वटा विधेयकहरुलाई प्रदेश प्रमुख शर्माले प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुखले केही प्रदेश ऐन संशोधन गर्न बनेको बिधेयक, प्रदेश सञ्चार माध्यम व्यावस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसंधान व्युरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।







