समाचार
निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने
काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबीविरोधसमेत)को कार्यक्रम सञ्चालन हुने बताए । सो अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा...
सरुवा भएका हाकिमले थमाैती ल्याएपछि निजगढमा ‘लफडा’
बारा । सरुवा भएर अन्यन्त्रै स्थानीय तहमा पुगिसकेका प्रमुख प्रशासकीय अधिकृतले बाराको निजगढ नगरपालिकामा ‘लफडा’ सिर्जना गराएका छन् । निजगढ नगरपालिकाको निवर्तमान प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीका कारण उत्पन्न विवाद तालाबन्दी गर्ने अवस्थासम्म पुगेको छ । कार्कीले गठबन्धनका नेपाली कांग्रेसलगायतका दललाई हात लिएर नगर प्रमुख सुरथ पुरी र उपप्रमुख...
अर्थ मन्त्रालयमा नायव सुब्बाहरूको धर्ना
काठमाडौँ । असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा...
महिला सीप विकास केन्द्रको पहिलो चरणको सडक अभियान सम्पन्न
मकवानपुर । महिला सीप विकास केन्द्रको १३ दिने अभियान आज (आईतबार) समापन भएको छ । देशभर गृहिणी शिक्षा लागू गर्न, प्रदेश खारेजी र भ्रष्टाचार अन्त्यको लागि महिला सीप विकास केन्द्र, मकवानपुरले गरेको पहिलो चरणको सडक अभियान आज सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा कोण सभा गर्दै...
११ कक्षामा भर्ना भए वडाअध्यक्ष खनाल
मकवानपुर । वडा अध्यक्ष शिवप्रसाद खनाल कक्षा ११ मा भर्ना भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नं १ मा दोस्रो कार्यकालको लागि निर्वाचित वडाअध्यक्ष खनाल आईतवार वडामै रहेको श्री बाल जिवन ज्योति माविमा शिक्षा संकाय तर्फ कक्षा ११ मा भर्ना भएका हुन् । औपचारीक शिक्षामा एसएलसी उत्तीर्ण खनाल...
हेटौँडामा ‘नक्कली’ रसिदबाट खुलेआम सवारी कर असुली
मकवानपुर । हेटौँडा–१० बसर्पाकस्थित ढाटबाट छाप र नम्बर नै नभएको रसिदबाट खुलेआम सवारी कर असुली गर्दै आइरहेको पाइएको छ । हेटौँडा उपमहानगरपालिका कार्यालयको छाप र रसिद नम्बरबीना नम्कली रसिद खडा गरेर कर उठाउँदै आएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कर संकलनको ठेकेदार र हेटौँडा उपमहानगरपालिकाको कर्मचारीको...
हेटौँडाको क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर एक युवकको मृत्यु
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–४ स्थित क्वीक ट्वान्टी होटलको छतमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर बाराको सिमरा उपमहानगरपालिका–१५, डुमरवानाका १९ वर्षीय प्रदीप लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मृतक युवक शनिबार साँझ ७ बजे होटलको छतमा गएका थिए । मोबाइल...
तनाव ग्रस्त हेटौंडा अस्पताल
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरर्गतको हेटौंडा अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । करेन्ट लागेर उपचारको लागि आफन्तले अस्पताल ल्याउँदा डाक्टरले राम्रो संग उपचार नगरेको भन्दै आफन्तले अस्पतामा नाराबाजी गरेका हुन् । शनिबार दिउँसो करेन्ट लागेर उपचारको लागि ल्याईएका हेटौंडा ९ मिलनपथका...
निजामती कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा साह
मकवानपुर। नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेशको अध्यक्षमा बरुण कुमार साह चयन भएका छन् । संगठनको आज हेटौंडामा भएको प्रथम बागमती प्रदेश अधिवेशनले बरुण कुमार साहको अध्यक्षतामा २९ सदस्य कार्यसमिति चयन गरिएको हो । अधिवेशनले उपाध्यक्षहरुमा राजेन्द्रकुमार दराइ, प्रमिला केसी तथा युवराज थापालाई चयन गरेको छ । अधिवेशनले महासचिवमा...
हेटौंडाका उद्योगले १४ करोड भाडा बुझाउन बाँकी
मकवानपुर । हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँभन्दा बढी भाडा बुझाउन बाँकी रहेको छ । कार्यालयले विभिन्न उद्योगहरुलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ । लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगलाई बढेको भाडा...










