हेटौंडामा कस्ले च्यात्यो रवि लामिछानेको ब्यानर !

अखबार हब
२०७९ श्रावण २६, बिहीबार ११:५६

मकवानपुर । हेटौंडामा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका ब्यानर च्यातिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले हेटौंडाको मुख्य बजार क्षेत्रमा टाँसेका ब्यानर बुधबार राति च्यातिएका हुन् ।

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २७ साउनमा हेटौंडामा बागमती प्रदेश भेला आयोजना गरेको थियो । भेलाको बारेमा जानकारी दिन बजार क्षेत्रमा टाँसिएका ब्यानर च्यातिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी एक सदस्य ज्वाला संग्रौलाले जानकारी दिइन् ।

ब्यानरहरू कसले च्यातेको हो भन्ने बारेमा कुनै जानकारी बाहिर आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*