नाफामूलक संस्थालाई निजगढ नगरपालिकाको १८ लाख अनुदान 

अखबार हब
२०७९ श्रावण १४, शनिबार १७:५५

बारा । बाराको निजगढ नगरपालिकाले नाफा मूलक संस्थालाई अनुदान रकम उपलब्ध गराएको  छ । नगरपालिकाको तत्कालीन नेपाली काँगेसबाट निर्वाचित मेरय सुरेश कुमार खनालले पालिकाको तिन नाफा मूलक संस्थालाई १८ लाख ९८ हजार २ सय ९५ रुपैयाँ अनुदान रमक उपलब्ध गराएको हो ।

पालिकालाई प्रदेश सरकार तथा संघबाट प्राप्त रमक स्थानीय पूर्वाधार विकासमा तथा पुजी निर्माण हुने कार्यमा खर्च गर्नु पर्ने हुन्छ तर नगरपालिकाले स्थानीय तिन नाफा आर्जन गर्न स्थापना गरिएको संस्थालाई नियम विपरित अनुदान रमक उपलब्ध गराएको हो ।

पालिकाले नाफा आर्जन गर्न स्थापना गरिएको सिंगोल दुग्ध सहकारी संस्था लि ४ लाख ९८ हजार २ सय ९५ रुपैँया, बागदेव दुग्ध उत्पादक सहकारी र निजगढ महिला बचत तथा ऋण सहकारीलाई सात सात लाख रुपैयाँको दरले रकम अनुदार दिएको महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले उक्त रकम संस्थाको उपकरण खरिदका लागि भन्दै अनुदान दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*