निजी संस्थाको भौतिक संरचना निर्माणमा मनहरी गाउँपालिकाको अनुदान
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले नाफा मूलक निजी संस्थाको भौतिक संरचना निर्माणमा आफ्नो बजेट खर्च गरेको पाइएको छ ।
पालिकाको दैनिक कार्य सञ्चालन गर्न आफ्नो भवन नभएकोले भवन भाडामा लिई खर्च गरेको अवस्थामा समेत पालिकाले स्थानीय दुई सहकारीको भवन तथा कम्पाउण्ड निर्माण लगाएको कार्यमा अनुदान दिएको हो ।
नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउँनु नियम विपरित हो तर मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा स्थानीय शान्ति स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था र दिव्य ज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको भवन तथा कम्पाउण्ड निर्माण गर्न भन्दै क्रमश : २ लाख र ७ लाख ३ हजार ९६ रुपैयाँ रमक अनुदान दिएको हो ।
यस किसिमको नाफा मूलक संस्थालाई पालिकाले अनुदान उपलब्ध गराउने कार्य अनियमित भएको भन्दै महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस किसिमको कार्यमा बजेट खर्च नगर्न सुझावसमेत दिएको छ ।

महालेखापरीक्षको प्रतिवेदन







