सरकारी गाडी दुरुपयोग गरी स्वीमिङ पुलमा मस्त विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी

अखबार हब
२०७९ असार २५, शनिबार १८:०३

मकवानपुर । हेटौंडामा दिनभर विजुली लाइन काटियो । सूचना निकालेरै मर्मतको काम गर्न विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयले आज बिहान ८ बजेदेखि ३ बजेसम्म हेटौंडा क्षेत्रमा लाइन अवरुद्ध रहने भन्ने जानकारी गरायो ।

लाइन काटिएसँगै असारको गर्मीमा हेटौंडाबासी पसिना बगाएर बस्न बाध्य भए । तर, विद्युत प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयको कर्मचारी भने दिनभर सरकारी गाडीको दुरुपयोग गरी हेटौंडा–४ मा रहेको एक फुटसलमा फुटबल खेल्दै स्वीमिङ पुलमा नुहाउँदै आराम गरिरहेका छन् ।

कर्मचारीले प्राधिकरणको बा १ ञ १७८८ र बा १ ञ २२७४ नम्बरको दुई वटा सरकारी गाडीमा भर्याङ हालेर करिब १० जनाको समुहमा फुटसलमा रमाई रहेका थिए । उनीहरुले आज दिन भरनै सरकारी गाडीको दुरुपयोग गरी फुटसल र स्वीमिङ खेलमा रमाईरहेका हुन् ।

जनता दिनभर लाईन काटिएर सास्ति खेपिरहेका बेला प्राधिकरणका कर्मचारी भने सरकारी गाडीको दुरुपयोग गरी व्यत्तिगत मनोरञ्जनमा लागेको भन्दै सामाजिक सञ्चालमा बिरोध सुरु भएको छ ।

सामाजिक सञ्जाल फेसबुमा भीम तिमल्सिना लेख्छन् ‘दिनभर बत्ती गयो, प्राधिकरणको गाडी भर्याङ बोकेर दिनभर स्वीमिङ पुल र फुटसलमा व्यस्त देखियो’ भन्दै बिरोध गरेका छन् ।

कर्मचारीको यस्तो पारालाई स्वीमिङ खेल्न आएका अन्य व्यक्तिले समेत मन पराएनन् । ‘यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नु राम्रो होइन’,‘प्राधिकरणको गाडी लिएर रमाइलो गर्न आउनु मलाई राम्रो लागेन ।’ स्थानीय प्रेम श्रेष्ठले बताए ।

नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय हेटौंडाका प्रमुख नरेन्द्र श्रेष्ठले भने आज विद्युत प्रसारन केन्द्रमै समस्या भएकाले फिल्डमा रहेका कर्मचारीको काम नभएकोले फुटसल खेल्न गएको हुन सक्ने जवाफ दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*