कैलाश ९ का वडा अध्यक्ष घलान विरुद्ध पक्राउ पुर्जी जारी

अखबार हब
२०७९ असार २७, सोमबार १३:४९

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष भुवनसिं घलान विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

कैलाश–९ को कालिका माविकी १४ वर्षीया छात्रा विद्यार्थीले गएको वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

१८–१९ असारमा हेटौंडामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा आएकी कैलाश गाउँपालिका– ९ मा रहेको कालिका माविमा अध्ययनरत छात्रामाथि घलानले बलात्कार प्रयास गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किशोरीले दिएको जाहेरीमा आफुसहित साथीहरु बसेको होटलको कोठामा मध्यरातमा आएर वडाध्यक्ष घिसिङले आफुमाथि बलात्कार गर्न खोजेको आरोप लगाएकी छन् । किशोरी रनिङसिल्डमा लङ्जम्पमा विद्यालयको तर्फबाट सहभागी थिइन् ।

१९ असारमा खेलमा सहभागी हुन उनी १८ असारमा हेटौंडा उपमहानगरपालिका–१ जरुवाटोलमा रहेको आसन गेष्ट हाउसमा बास बसेकी थिइन् । सुतिरहेकै बेला १८ असार राती साढे १२ बजे वडाध्यक्ष प्रवेश गरी अन्य दुई विद्यार्थीलाई समेत दुव्र्यवहार गरेको र आफूलाई बलात्कार गर्ने प्रयास गरेको आरोप जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*